माडुरोको बहिर्गमनका लागि अन्तर्राष्ट्रिय सहयोग माग


काराकास,(एजेन्सी)
भेनेजुयलाका विपक्षी नेता हुवाँ गुआइदाले अन्य मुलुकहरुलाई राष्ट्रपति निकालस माडुरोलाई फाल्नका लागि सम्पुर्ण उपाय अपनाइदिन आइतवार आब्हान गरेका छन् ।

गत महिना स्वयमलाई अन्तिरिम राष्ट्रपति घोषण गरेका गुआइदोलाई अमेरिका लगायत प्रमुख युरोपेली राष्ट्रले सहयोग र समर्थन गरिरहेका छन् । यसैगरी माडुरोलाई रसियार चीनको साथ रहेको छ ।

विपक्षीको नेतृत्वमा देशमा मानविय उद्धार सामग्री भित्राउन खोजदा शनिवार हिंसात्मक घटना घटेपछि माडुरो माथिको अन्तर्राष्ट्रिय जगतको दवाव अझै बढेको छ । माडुरो समर्थित फौज र सर्वसाधारणबिच भएको सो भिडन्तमा एकजना चौध वर्षि किशोर लगायत कमितमा दुईजनाको ज्यान गएको संचार माध्यमले जनाएका ेछ । राष्ट्रपति कमाडुरोले ति राह सामग्रीको प्रवेशमा रोक लगाएका छन् ।

तर गुआइदाले स्वयमसेवकहरुलाई ब्राजिल र कोलम्वियाबाट आएका सामग्री ढुवानी गर्न आग्रह गर्दा दोहरो भिडन्त शुरु भएको थियो । मादुरोले सहायता रोक्नका लागि कोलम्बियासँग जोडिएको सीमालाई आंशिक रुपमा बन्द गरेको जानकारी दिएका छन् । यसैबिच कोलम्बियामा काम खोज्नका लागि सीमा पार गर्न कोसिस गरिरहेका मानिसहरुमाथि पनि भेनेजुएलाका फौजले अश्रु ग्यास प्रहार गरेको छ ।