उत्तर कोरियाद्वारा ट्रम्पलाई आलोचकका कुरा नसुन्न सुझाव


हनोइ,(एजेन्सी)
उत्तर कोरियाली नेता किम जोंग उनले अमेरिकी विदेशमन्त्रीलाई आफुले आफ्ना बालबालिकाहरु परमाणविक हातहतियारको बोझ लिएर बाँच्न नपारेस भन्ने चाहेको बताएको अमेरिकी केन्दि«य गुप्तचर निका ( सिआइए ) का एकजना पुर्व अधिकारीले शनिवार बताएका छन् ।

गत वर्षको अप्रिलमा किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिचको ऐतिहासिक वार्ताको चाँजोपाँजो मिलाउन प्योंगयाँग पुगेका विदेशमन्त्री माइक पोम्पियो समक्ष किमले आफ्नो सो निजी विचार प्रकट गरेको सिआइए पुर्व अधिकारी एन्ड्रयु किमलाई उदरित गर्दै दक्षिण कोरियाली समाचार निकाय योनहाप र वाल स्ट्रिट जर्नलले जनाएका हुन् ।

एन्ड्रयु किमले शुक्रवार स्टान्फोर्ड विश्व विद्यालयको एसिया प्रशान्त अनुसनधान केन्द«मा एक प्राज्ञको हैसियतले प्रवचन दिने क्रममा नेता किमको भनाइृ सार्वजनिक गरेका थिए ।

किम परमाणविक बोझमुक्त हुन इच्छुक

गत वर्षका े१२ जुनमा सिंगापुरमा सम्पन्न शिखर वार्ताको दौरान किम र ट्रम्पबिच कोरियाली प्रायद्विपमा निशस्त्रीकरण गर्नेबारे सहमति भएको थियो । यसैबिच आइतवार उत्तर कोरियाले ट्रम्पलाई द्विपक्षिय सम्वन्ध सुधारलाई अवरुद्ध गर्न चाहने अमेरिकी समिक्षकहरुको कुरा नसुन्न चेतावनी दिएको छ ।

ट्रम्पसंगको दोश्रो चरणको वार्तामा सहभागि हुने किम ट्रेनबाट चीन हुँदै भियतनाम तर्फ जाने क्रममा पयोंगयांगले सो प्रतिक्रिया जनाएको हो । बुधवार भियतनामको राजधानी हनोइमा किम र ट्रम्पबिच भेटवार्ता हुने कार्यक्रम रहेको छ । यसअघिको सिंगारपुर वार्ताले कुनै ठोस उपलब्धि हासिल गर्न नसकेकपछि अमेरिकी डेमोक्रेटिक सिनेटर र अमेरिकी सुरक्षा अधिकारीहरुले ट्रम्पलाई उत्तर कोरियासंगको समझौता तोड्न सल्लाह दिएका थिए ।

उत्तरको सरकारी समाचार निकाय केसिएनएले अमेरिकामा यस्तो विरोधको उद्देश्य अमेरिका र उत्तर कोरियाबिचको वार्ता असफल गराउनु रहेको जनाएको छ । उत्तरले सन् १९५० देखि १९५३ सम्म चलेको कोरियाली युद्धलाई औपचारिक रुपमा अन्तय गराउन पनि चाहेको छ । त्यसबेला सो युद्ध बिना कुनै शानित सम्झौता युद्धविराममा मात्र टुँगिएकाले प्राविधिक रुपमा सो युद्ध अझै जारी रहेको मानिन्छ ।