ट्र्म्प किम वार्ता: उत्तर कोरियाली नेता किम रेलबाट भियतनाम प्रस्थान


डेनडोंग (एजेन्सी)
उत्तर कोरियका नेता किम जोंग उन अमेरिकी राष्टपति डोनाल्ड ट्र्म्पसँगको दोस्रो शिखर सम्मेलनमा भाग लिन आइतबार रेलबाट भियतनाम प्रस्थान गरेको सरकारी सन्चार माध्यमले जनाएको छ ।

सरकारी सन्चार माध्यम कोरियन सेन्ट्र्ल न्युज एजेन्सीले उक्त कुराको पुष्टी गर्दै अमेरिकासँग वार्तामा प्रमुख वार्ताकार किम योंग चोल र उत्तर कोरियाली नेताकी बहिनी किम यो जोंगपनि किमसँग भियतनाम यात्रामा रहको समाचारमा उल्लेख गरेको छ ।

उत्तर कोरियाको सरकारी संवाद समितिद्वारा जारी गरिएको टेलिभिजन फुटेज तथा तस्वीरमा किमले ट्र्ेनबाट प्रस्थान गर्नु अगाडी प्योंगयांग स्टेसनमा सम्मान गार्डको निरिक्षण गरेको देखाइएको थियो । ट्र्म्प र किमबीचको बैठक हनोइमा बुधकार र विहिबार हुन गइरहेको छ । दुई नेताबीच पहिलो शिखर बैठक गत बर्ष जुनमा सिंगापुरमा भएको थियो । उक्त वार्ता उत्तर कोरियाको परमाणु निसस्त्रीकरण कार्यक्रममा बिना कुनै ठोस सम्झौतामा समाप्त भएको थियो ।

यद्यपी किमले परमाणु निसस्त्रीकरणमा आफनो प्रतिबद्धता जनाएका थिए । किमको विदेश यात्रा योजना प्राय गोप्य राख्ने परम्परा रहेको छ ।
उत्तर कोरियाबाट चीन हुँदै भियतनामसम्मको हजारौं किलोमिटर दुरीको यात्रा तय गर्न रेललाई २ दिन भन्दा धेरै समय लाग्न सक्छ । भियतनामको विदेश मन्त्रालयले शनिबार उत्तरकोरियाली नेता किम राष्ट्र्पति गुयेन फु ट्रेंगको निमन्त्रणामा आगामी दिनमा देशको औपचारिक सद्भावना यात्रामा आउने घोषणा गरेको थियो ।

ट्र्म्पसँगको आसन्न बैठकका विषयमा विज्ञहरुका अनुसार किम द्विपक्षिय सम्बन्ध सुधार्ने मुद्दामा अमेरिकी प्रतिबद्धता र आंशिक प्रतिबन्धबाट राहतको माग गर्न सक्छ ।

नक्कली किम र ट्र्म्प गिरफ्तार
यसैबीच उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्र्पति डोनाल्ड ट्र्म्पको भेषधारण गर्ने दुईलाई भियतनाम प्रहरीले सोधपुछ गरेका छन् ।
किमको जस्तो अभिनय गर्ने हावर्ड एक्स र ट्र्म्प जस्तै देखिने रसेल ह्वाइटलाई प्रहरीले हिरासतमा लिएर सोधपुछ गरेका बताइएकोछ । दुबैले हनोइमा ती नेताहरुको बैठकको नाटकिय अभिनय गरेका थिए ।

छानबिनपछि ती दुबैलाई प्रहरीले मुक्त गरेको थियो । आफुलाई देशबाट बाहिर निकाल्ने धम्की समेत दिएको ती दुबैले समाचार एजेन्सी एएफपीलाई बताए ।
किम जोंग उनको अभिनय गर्ने हावार्ड एक्स हंगकंग निवासी हुन् । उनले एएफपीलाई भने ( उनीहरुले नक्कल गर्न बन्द गर्ने भनेका छन् , होइन भने देशबाट निस्कासन गर्ने चेतावनी दिएका छन् ।

हावर्ड र ह्वाइटले राजधानीमा एक नक्कली शिखर सम्मेलनमा भाग लिएका थिए । उनीहरुले आफनो उद्देश्य उत्तर कोरियाको परमाणु महत्वाकांक्षा कम गर्नु रहेको पत्रकारहरुलाई बताएका थिए ।

किम र ट्र्म्पबीच फेब्रुअरी २७ र २८ मा हनोइमा दोस्रो सिख बैठक हुन गइरहेको छ र यस बैठकमा उत्तर कोरियालाई उसको परमाणु कार्यक्रम परित्याग गराउन मनाइने अपेक्षा गरिएको छ ।

अमेरिका र उत्तर कोरियाबीचको आधुनिक सम्बन्धका लागि भियतनामलाई एक मोडलको रुपमा लिएको छ ।

अमेरिकी राष्ट्र्पति ट्र्म्पले नयाँ शिखर वार्ताको तयारीका लागि एक अमेरिकी दुतले उत्तर कोरियासँग सफल वार्ता गरेको बताए ।