देउवा र सिटौला पक्षका विद्यार्थीबीच मारमुङ्ग्री

0
Shares

रामकृष्ण चापागाईँ, काठमाडौं । नेपाल विद्यार्थी संघको दुई पक्षबीच मारमुङ्ग्री सुरु भएको छ । उनीहरूबीचमा चुलिएको विवादले संवादको सीमा नाघेर काटमारको रूप लिएको छ । आइतबार सो संगठनको माउ पार्टी नेपाली काग्रेस केन्द्रिय कार्यालय सानेपामा ताण्डव नृत्य देखियो ।

सभापति शेरवहादुर देउवा र अर्का नेता कृष्णप्रसाद सिटौला पक्षका विद्यार्थी समुहवीच हानहान भएपछि स्थितिलाई नियन्त्रण गर्न प्रहरीले लाठिचार्ज नै गर्नुपरेको थियो । लाठिचार्जबाट केही विद्यार्थी घाइते भएका छन् भने समाचार संकलन गर्न गएका पत्रकारसमेत लाठिचार्जको मारमा परेका छन् ।

पटक पटक म्याद थप्दा पनि महाधिवेशन हुन नसेपछि यसअघि नेविसंघ भंङ्ग गरिएको थियो । पार्टी केन्द्रिय समितिले १२ औं महाधिवेशन गराउन तदर्थ समिति गठन गर्नेवारे छलफल गरिरहदा पार्टी केन्द्रिय कार्यालय परिसरमा दुई समुहवीच आइतवार दिउसो झडप भएको हो ।

नेविसंघमा ३२ वर्षे उमेर हद लगाउने गरि विधान संशोधन भएको छ । संस्थापन पक्षले १२ औं महाधिवेशनबाट मात्र ३२ वर्षे उमेरहद लगाउनुपर्ने र सिटौला पक्षका विद्यार्थीले विधान अनुसार तदर्थ समिति गठन गर्दा नै सो उमेरहद तोक्नुपर्नेमा जोड दिँदै आएको जोड दिँदै आएको छ । यसै विषयमा केहिदिन अघि सिटौलापक्षका विद्यार्थी र उपसभापति विमलेन्द्र निधि तथा सहमहामन्त्री प्रकाशमान सिंहबीच पनि भनाभन भएको थियो ।

नेविसंघभित्र अराजकता हाबी भएको भन्दै संस्थापन पक्षका विद्यार्थीले अनुशासनको माग गरिरहेका थिए । यही विचमा सिटौला पक्षका विद्यार्थिहरु नेविसंघ निधिले हैन विधिले चल्नुपर्छ भन्दै ३२ वर्षे उमेरहद कायम गर्न माग गर्दै प्ले कार्डसहित पार्टी कार्यालयमा प्रदर्शनमा उत्रिएका थिए । नेविसंघ नेता ऋषिकेशजंग शाह नेतृत्वले गरेको मौन प्रदर्शनमा सिटौला पक्षले व्यानर च्यातिदिएको निहुमा विद्यार्थिवीच इँटा हानाहान भएको भएको थियो । लगत्तै प्रहरीले लाठीचार्ज गरेर स्थिति नियन्त्रणमा लिएको थियो ।

प्रहरीको लाठी र इँटा प्रहारबाट निवर्तमान सहमहामन्त्री बद्री मुडबडी, दीपेन्द्र क्षेत्री, दिवाकर अर्यालसहित देउवा–सिटौला समूहका नेविसंघ कार्यकर्ता घाइते भएका छन् । प्रहरीको लाठीचार्जबाट पत्रकार केशव साउद र सुनिता डंगोल घाइते भएका थिए ।

सिटौला पक्षका विद्यार्थि नेता माधव ढकालका अनुसार सभापति देउवा पक्षले विधानअनुसार ३२ वर्षे उमेरहद नलगाई तदर्थ समिति गठन गरी सिटौला पक्षका विद्यार्थिलाई खेद्ने रणनीति अपनाएकाले यस्तो झडप भएको हो ।