अष्ट्रेलियामा बिचल्लीमा परेका विद्यार्थीको बारेमा कन्सल्टेन्सी संचालकसंग छलफल

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
अष्टे«लियामा बिचल्लीमा परेका विद्यार्थीको अष्ट्रेलियामा ७ सय ४३ विद्यार्थीको भविश्य अन्योल पार्ने कन्सल्टेन्सीको विषयमा शिक्षा मन्त्रालयले काम शुरु गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव देवकुमारी गुराँगाइको संयोजकत्वमा गठित चार सदस्यीय समितिले हिजो आइतबार विदेशमा विद्यार्थी पठाउने कन्सल्टेन्सी एशोसियसनका अध्यक्षसंग छलफल गरेको छ ।

छलफल गर्न इक्यानका अध्यक्ष विष्णुहरी पाण्डे, आइरिनका अध्यक्ष कुमार कार्की, फेकनका अध्यक्ष युवाराज कट्टुवाल र नेकाका अध्यक्ष सन्तोष प्याकुरेलसंग छलफल गरेको थियो ।

मन्त्रालयका देवी उपाध्याय, कृष्णप्रसाद पोखरेल र शंकर केसी सदस्य रहेको समितिसंग एसोशियसनका अध्यक्षले छलफल गरेको थियो । छलफलका क्रममा सबै अध्यक्षले अष्ट्रेलियाको सिड्नी स्थित एआएबिटी कलेजमा बिचल्लीमा परेका ७ सय ४३ जना विद्यार्थीको पछिल्लो अवस्थाबारे जानकारी गराएका थिए । उनीहरुले समस्या समाधान गर्न नेपाल सरकारले अष्ट्रेलियन सरकारसंग पहल गरिदिन आग्रह गरेका थिए ।

इक्यानका अध्यक्ष विष्णुहरी पाण्डेले समस्या समाधान गर्न सबै विकल्प अपनाइने बताउनुभयो । विद्यार्थी पठाएका अधिकांस कन्सल्टेन्सीले समस्या परेका विद्यार्थीको लागि आफुहरुले सक्दो सहयोग गर्ने बताइरहेका छन् । समितिले सबै संस्थासंग आबद्ध कन्सल्टेन्सीको विषयमा जानकारी दिन आग्रह गरेको छ । समितिले कुन कन्सल्टेन्सीबाट कति विद्यार्थी पिडित भएका छन् , त्यसको विषयमा समेत तथ्याङ उपलब्ध गराइदिन अध्यक्षहरुलाई आग्रह गरेको छ ।

समितिले हिजै समितिले मर्सि, एक्सपर्ट ,कंगारु, अल्फाबिटा , काठमाडौं इन्फोसिस, इम्पल्स, सनराइज, एनमार्क पोखरा, मोडल ग्लोबल, एबिसि लगायत एक दर्जन कन्सल्टेन्सी संचालकसंग सोधपुछ गरेको छ । केही कन्सल्टेन्सीका मुख्य संचालक अष्ट्रेलियामा रहेपनि उनीहरुले प्रतिनिधि पठाएका थिए ।

एआइबिटीमा नर्सिङ विषय अध्ययन गर्न अष्ट्रेलियामा पठाएका विद्यार्थीले समस्यामा परेका विद्यार्थीबारे आफुहरु गम्भीर भएको र त्यसबारेमा तत्काल समस्या साधान गर्ने पहल भैरहेको बताएका थिए । समितिले कुन कन्सल्टेन्सीबाट कति विद्यार्थी एआइबिटीमा नर्सिङ विषय अध्ययन गर्न गएका हुन उनीहरु सबैको तथ्याङ माग गरेको छ । सबै भन्दा बढी विद्यार्थी पठाउने मर्सि, एक्सपर्ट, अल्फाबिटा लगायतका कन्सल्टेन्सीको विषयमा सरकारले थप अनुशन्धान गरिरहेको छ

शिक्षा मन्त्रालयका प्रवक्ता वैकुष्ठ अर्यालले सबै विषयमा अनुशन्धान शुरु भैरहेको जानकारी दिनुभयो । उहाले भन्नुभयो–अनुशन्धानमा को दोषी देखिन्छन, उनीहरुमाथि कारबाही हुन्छ । उहाँले सरकारले विद्यार्थीको भविष्यआ असर नपर्नेगरी अष्ट्रेलियन सरकारसंग समेत छलफल भैरहेको जानकारी गराउनुभयो ।

यसैबिच विवेकशील साझा पार्टी नेपालले नर्सिङ पढ्ने नेपाली विद्यार्थीको तत्काल उद्धार गरी लापरवाहीपूर्ण कार्यका जिम्मेवारहरुलाई कारवाही गर्न माग गरेको छ । सो पार्टीले हिजो आइतबार विज्ञप्ति जारी गर्दै सरकारी निकायको फितलो अनुगमन र लापरवाहीका कारण अस्टे«लियामा नेपाली विद्यार्थी बिचल्लीमा परेको जनाएको छ ।

पार्टी प्रवक्ता डा. सूर्यराज आचार्यद्वारा जारी विज्ञप्तिमा अष्ट्रेलियन सरकारसंगको समन्वयमा उनीहरुको अध्ययनको प्रवन्ध मिलाउन समेत माग गरिएको छ । विद्यार्थीहरु यसरी विचल्ली पर्नुको मूल कारण सरकारी निकायको फितलो अनुगमन र लापरवाही हो भन्ने कुरा स्पष्ट छ विज्ञप्तिमा उल्लेख गरिएको छ, ’यकिन छानविन गरि यस्तो लापरवाहीपूर्ण कार्यका जिम्मेवारहरुलाई कारवाहीको समेत विवेकशील साझा पार्टी माग गर्दछ ।’