एनसेलका टावरमा प्रहरीको शुरक्षा

0
Shares

विमल विष्ट, डोटी ।

केही दिन यता देखी निजी क्षेत्रको सञ्चार एनसेलका टावरमा अज्ञात समूहले बम प्रहार तथा आगजनी गर्न थालेपछि डोटीका एनसेलका टावरमा प्रहरीले शुरक्षा दिन थालेको छ ।

जिल्लाका प्रमुख स्थानमा रहेका एनसेलका टाउवरमा प्रहरीले चौबिसै घण्टा शुरक्षा दिईरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख एसपी बिद्यानन्द माझीले बताउनु भयो । उहाँले भन्नुभयो, “अज्ञात समूहले एनसेलका टावरमा बम बिष्फोट तथा आगजनी गर्नथालेपछि हामीले हाम्रो जिल्लामा भएका एनसेलका टावरमा शुरक्षा दिईरहेका छौँ ।”

डोटीमा प्रहरीले एनसेलका टावरमा कडा शुरक्षा व्यावस्था दिन थालेपछि यहाँका एनसेलका टावरमा कसैलेपनि क्षती पु¥याउन नसकेको जिल्ला प्रहरी कार्यालय डोटीको दाबी छ ।

प्रहरीले डोटीको चौखुट्टे,जिल्ला सदरमुकाम सिलगढी,बुडर,जोरायल,बिपिनगर,बोगटान,वाईल लगायतका क्षेत्रमा रहेका एनसेलका टावरमा अहिले कडा शुरक्षा दिईरहेको बताईएको छ । एनसेलका टावर नजिक पाल टागेर प्रहरीले रात दिन शुरक्षा दिन थालेको ईलाका प्रहरी कार्यालय बुडरका प्रमुख रुपसिंह थापाले बताउनु भयो ।

उहाँले भन्नुभयो, “एनसेलका टावरमा क्षती हुन नदिनु भन्ने आदेश आएकाले हामीले चौबिसै घण्टा शुरक्षा दिदै आएका छौँ,हामी राती पनि टावर छेवईमा बस्छौँ ।” अज्ञात समूहले सुदूरपश्चिम प्रदेशको कञ्चनपुर र अछाम जिल्लाको एनसेलको टावरमा आगजनी गरेपछि अहिले ति दुई जिल्लामा एनसेलले काम गर्न छोडेको प्रहरीले जनाएको छ ।

एनसेलका टावरमा क्षेत्री गर्नेको आधिकारीक जानकारी सार्वजनिक नगरीए पनि बिप्लब समूहका कार्यकर्ताले क्षती गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको डोटीका एकजना प्रहरी अधिकारीले जानकारी दिनुभयो । डोटीमा मात्रै साना ठुला गरी एनसेलका करिब १०० भन्दा बढी टावर रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।