कांग्रेस पार्टी कार्यालयमा नेविसंघका दुई समूहबीच झडप, प्रहरीले गर्यो लाठी चार्ज

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
नेपाली कांग्रेस पार्टी कार्यालय, सानेपा परिसरमा भएको नेविसंघको प्रदर्शनका क्रममा झडप भएको छ ।

नेविसंघमा ३२ वर्षे उमेर हद राख्ने र नराख्ने भन्ने विषयमा विवाद उत्पन्न भएपछि दुई पक्षबीच झडप भएको प्रहरीले जानकारी दिएको छ । प्रर्दशनले उग्र रुप लिएपछि प्रहरीले लाठी चार्ज पनि गरेको थियो ।

हाल पार्टी कार्यालयभित्र विद्यार्थी नेतालाई प्रवेश निषेध गरिएको छ ।