१४ जना केन्द्रीय सदस्यसहित २२ जनाले राप्रपा छाडे

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
कमल थापा नेतृत्वको राप्रपाका एक महामन्त्रीसहित २२ जनाले पार्टी परित्यागको घोषणा गरेका छन् । महामन्त्री जयन्त चन्दसहित २२ जनाले पार्टी परित्याग गर्ने घोषणा गरेका हुन् । पार्टी परित्याग गर्नेमध्ये १४ जना केन्द्रीय सदस्य रहेको दाबी गरिएको छ। बाँकी ८ जना पार्टीका विभिन्न विभाग र निकायको महत्वपूर्ण जिम्मेवारीमा रहेको महामन्त्री जयन्त चन्दको दाबी छ ।

‘विगतदेखि नै हामीले ३ वटै राप्रपा एक हुनुपर्छ भन्दै र प्रयास गर्दै आएका हौं तर सो प्रयास सफल हुन नसकेपछि १४ केन्द्रीय सदस्यसहित २२ जनाले पार्टी परित्यागको निर्णय लिएका छौं ।’ जयन्त चन्दले भने । पार्टी परित्याग गर्नेमा महामन्त्री जयन्त चन्दसँगै भरत गिरी, दिनेश श्रेष्ठ, प्रह्लाद शाह, गोविन्द खनियाँ, भरत प्रसाद पाठक, सानुकाजी हेमा, चिरागमान सिंह कुँवर, रिता पोखरेल, सुन्दर खड्का, गणेश सिंह, बिन्दा गिरी, भरत बहादुर चन्द, गोपाल दाहाल, गणेश चन्द, मुकुन्द कार्कीलगायत रहेका छन् ।