भियतनामको सडकमा ट्रम्प र किम (भिडियो)


काठमाडौं । भियतनाममा छिट्टै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उन भेटवार्ता गर्दैछन् । ट्रम्प–उनबीच हुन लागेको यही शिखरवार्ताको चटारोले भियतनामलाई छोपेको छ । दुई नेताबीच हुन गइरहेको शीर्ष वार्ताको बन्दोबस्तीमा भियतनाम जुटिरहेका बेला अकष्मात ट्रम्प–उन त्यहाँको सडकमा झुल्किए । यसले त्यहाँ हल्लीखल्ली नै मच्चियो ।

अभिवादन गर्दै हिँडिरहेका दुई शक्तिशाली देशका प्रमुख अकस्मात देखापर्दा सडकमा हिँडिरहेकाहरु अन्योलमा परे । तर, यसरी भियतनामको सडकमा सर्वसाधारणलाई झुक्याउने गरी देखापरेका पात्र असली ट्रम्प र उन नभएर तिनको क्यारिकेचर गर्ने दुई कलाकार थिए ।

ट्रम्पको भेषमा देखिएका रसेल ह्वाइट र उनको भेषमा देखिएका हवार्ड एक्सलाई देखेर भियतनामका सर्वसाधारणहरु झुक्किएका थिए । उनीहरुले पत्रकार सम्मेलन गर्नुका साथै तस्वीरसमेत खिचाएको खबर अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले सम्प्रेषित गरिरहेका छन् ।

ट्रम्प–उनको नक्कली भेषमा देखापरेका दुई व्यक्तिलाई त्यहाँको प्रहरीले नियन्त्रणमा समेत लिएको थियो । बीबीसीका अनुसार, नियन्त्रणमा लिइएका उनीहरुलाई आइन्दा यस्तो नगर्न चेतावनी दिएर छाडिएको छ । एजेन्सी

https://youtu.be/yTHM_pI4hm8