काठमाडौँ । बिभिन्न जिल्लामा आजबाट बिहीबारसम्म बदली र वर्षाको सम्भावना रहेको मौसमविदले पूर्वानुमान गरेका छन् ।
नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभाव क्रमशः बढ्दै गएकाले मेघ गर्जनसहित वर्षा, बदली र हिमपातको सम्भावना रहेको मौसमविदको भनार्इ रहेको छ । पश्चिममा गएरातिदेखि नै बदली सुरु भएको छ । यो क्रमशः पूर्वतिर सर्दै जाने र बुधबार दिनभरी देशभर पानी पर्ने मौसमविद शान्ति कँडेलले जानकारी दिइन् ।
आज काठमाडौंसहित पश्चिमका अधिकांश भागमा एकछिन घाम लाग्ने र एकछिन बादल लाग्ने मौसमविद कँडेलको भनाइ छ । आज दिउँसोदेखि तीन दिनसम्म पश्चिम, मध्य र पूर्वी पहाडी भूभागका एक–दुई स्थानहरुमा मेघगर्जन सहितको हल्का वर्षा हुने सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ । बिहीबारदेखि मात्रै पश्चिमी भूभागबाट क्रमशः मौसम सफा हुँदै जाने छ । त्यस्तै उच्च हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना रहेकाले सर्तक रहन समेत विभागले आग्रह गरेको छ ।











प्रतिक्रिया