नेप्च्युनको नयाँ चन्द्रमा पत्ता


पेरिस (एजेन्सी)
ब्रम्हान्डको लगातार खोजी गरिरहेका खगोल वैज्ञानिकहरुले एक महत्वपुर्ण सफलता हासिल गरेका छन् । उनीहरुले सौर्यमन्डलको पुछारको ग्रह नेप्च्युनको एक नयाँ चन्द्रमा पत्ता लगाएका छन् । यसलाई एलियन्सको सम्भावित ठेगाना पनि मानिएको छ । खगोलशास्त्रीहरुले उक्त चन्द्रमाको नाम हिप्पोक्याम्प राखेका छन् । हिप्पोक्याम्प नेप्च्युनको एक मात्र चन्द्रमा भने होइन । उसको पहिले नै १३ अरु चन्द्रमा छन् जसले उसलाई नियमित परिक्रमा गरिरहेका छन् ।

नेप्च्युनको यो चन्द्रमाको आकार करिब १८ माइलको छ । यो पृथ्वीको एक्लो चन्द्रमाको तुलनामा १ सय गुणा सानो छ । हिप्पोक्याम्प नेप्च्युनकै दास्रो ठुलो चन्द्रमा प्रोटियसबाट टुक्रिएर बनेको हिस्सा हुन सक्ने खगोलशास्त्रीहरुले अनुमान गरेका छन् । कुनै छुद्रग्रह प्रोटियससँग ठोक्किएको र त्यसबाट हिप्पोक्याम्पको निर्माण भएको हुनसक्ने उनीहरुले बताए ।

ग्रिक पौराणिक कथाहरुमा हिप्पोक्याम्पको ना उल्लेख छ । यसको अर्थ एक विशालकाय समुद्रिजीव हो । यसको शरीर घोडा र पछाडीको भाग माछाको पुच्छर जस्तो हुन्छ ।

नेप्च्युनको यो नयाँ चन्द्रमा हिप्पोक्याम्प क्यालिफोर्नियाको एसईटीआई (सेटी) इन्स्टिच्युटले खोजेको हो । यो संस्थाले पृथ्वी र उसको वायुमण्डल बाहिरका बस्तुहरुका बारेमा नयाँ खोज गर्छ ।

हिप्पोक्याम्प अत्यन्त चिसो पिण्ड हो । यसता चिसो स्थान नै एलियन्सको सम्भावित ठेगाना मानिन्छ । त्यसैले भविष्यमा उनीहरुको खोजी हुन सक्ने बताइएको छ ।

नेप्च्युन हाम्रो सौर्य मण्डलको ८ औं ग्रह यो । यो सौर्य मण्डलको सबैभन्दा पुछारबाट दोस्रो स्थानमा पर्छ । ब्यासको हिसाबले यो चौठो ठुलो ग्रह हो । यसमा हाइड्रेजन, हिलियम र मिथेन ग्यास रहेको बताइएको छ ।