पुलवामा हमला प्रकरण: भारत र पाकिस्तानबीचको तनाव अत्यन्त खराब र खतरनाक स्थितिमा छ: ट्र्म्प


वासिंगटन (एजेन्सी)
जम्मु काश्मिरको पुलवामामा फेब्रुअरी १४ मा भएको आत्मघाती आक्रमणपछिको स्थितिलाई लिएर अमेरिकी राष्टपति डोनाल्ड ट्र्म्पले भारत र पाकिस्तानबीचको वर्तमान अवस्था अत्यन्त खराब र खतरनाक भएको बताए ।

शुक्रबार उनको सरकार दुबै देशको सम्पर्कमा रहेको र आफुले काश्मीर घाटीमा अशान्तिको स्थिति चाँदै अन्त्य हुने अपेक्षा गरेको ट्र्म्पले बताए । भारतले उक्त हमलामा करिब ५० सुरक्षाकर्मी गुमाएको र उ अन्त्यन्त कडा कदम उठाउने सोचमा रहेको ट्र्म्पले बताए ।

ओवल अफिसमा ट्र्म्पले सन्चार माध्यमसँगको साक्षात्कारमा भने ( यति बेला भारत र पाकिस्तानबीच अत्यन्त अत्यन्त खराब स्थिति छ । यो अत्यन्त खतरनाक स्थिति हो । हामी यो तनावको स्थिति चाँदै अन्त्य भएको हेर्न चाहन्छौं । धरैको हत्या भइरहेको छ । हामी चाहन्छौं, यो चाँदै बन्द होस् । हामी यो प्रक्रियालाई नजिकबाट हेरिरहेका छौं ।

पुलवामा आत्मघाती हमलामा ४० भारतिय सुरक्षाकर्मी मारिएका थिए । उक्त हमलामा पाकिस्तान स्थित कट्टरपन्थी संगठन जैश मोहम्मदले जिम्मेवारी लिएका थिए । त्यसपछि पति जैशका लडाकुहरुसँगको मुठभेडमा सुरक्षा बलका ५ जनाको मृत्यु भएको थियो । दुई देशका सरकारसँग भएको वार्ता उल्लेख गर्दै भारत अत्यन्त कडा कदम उठाउने सोचमा रहेको बताए । आफुले पनि यसलाई बुझेको उनले बताए ।

ट्र्म्पले भने ( हामी यस विषयमा छलफल गरिरहेका छौं । धेरैले कुरा गरिरहेका छन् । यो अत्यन्तै नाजुक स्थिति तर्फ गइरहेको देखिन्छ । जे भयो त्यसले भारत र पाकिस्तानबीच धेरै नै समस्या उब्जाएको छ ।

अमेरिकाले पाकिस्तानसँगको आफनो सम्बन्धमा सुधार गरेको र पाकिस्तानका नेताहरु र अधिकारीहरुसँग बैठकको तयारी हुन गइरहेको ट्र्रम्पले जानकारी दिए । पाकिस्तानलाई पहिला दिँदै आइरहेको १ अर्ब ३० करोड अमेरिकी डलर सहयोग आफुले रोेकेको उल्लेख गर्दै बर्तमान स्थितिमा पाकिस्तानसँग केही बैठक आयोजना गर्ने तयारीमा रहेको उनले बताए । पाकिस्तानले सहयोगको बडलामा उसले निभाउनु पर्ने कर्तब्य पुरा नगरेको आरोपलाई उनले दोहोर्याए ।

अप्रत्यासित परिणामको चेतावनी
पाकिस्तान सेनाले उनको देशले युद्ध नचाहेको तर भारतले कुनै आक्रामक सैन्य कदम उठाउँछ भने त्यसको अप्रत्यासित परिणाम आउने चेतावनी दिएको छ ।

इन्टर सर्विसेज पब्लिक रिलेसन्स (आईएसपीआर)का निर्देशक मेजर जनरल आसिफ गफुरले एक संवाददाता सम्मेलनमा भारतले बिना उचित छानबिन पुलवामा हमलाका लागि पाकिस्तानलाई दोषी ठहर्याएको आरोप लगाए । भारतले अहिलेसम्म पनि विभाजनको वास्तविकतालाई स्विकार नगरेको उनले बताए ।

पुलवामा हमलापछि पाकिस्तानी सेनाका प्रवक्ताले भने ( हाम्रो ७२ बर्षको इतिहास छ । विभाजन १९४७ मा भएको थियो र त्यतिबेलै पाकिस्तान स्वतन्त्र भएको थियो । भारतले अहिलेसम्म यसलाई स्विकार गरेको छैन ।
पाकिस्तान युद्धको तयारीमा नलागेको तर भारतले धम्की दिने कार्य जारी राखेको उल्लखे गर्दै धम्किको जवाफ दिने अधिकार आफुसँग रहेको उनले बताए । युद्धको पहल गर्ने तयारी नभएपनि बच्ने र जवाफ दिने योजना बनाइरहेको र त्यो पाकिस्तानको अधिकार भएको उनले बताए ।

यसबीच पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतको कुनै पनि सैन्य कारवाहीको उचित जवाफका लागि सेनालाई पुर्ण अधिकार दिएको बताएको छ । पुलवामा हमलामा पाकिस्तानको हात रहेका आरोप लगाउँदै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घटनालाई लिएर उचित कारवाहीका लागि भारतिय सेनालाई पुर्ण अधिकार दिइसकेको एक सम्बोधनमा बताएका थिए ।