विश्वमै पहिलो जिन थेरापि गराउने वेलायती


लन्डन,(एजेन्सी)
वेलायतको अक्सफोर्ड निवासी एक महिला विश्वमै जिन थेरापि गराउने पहिलो व्यक्ति बनेकी छिन् । पश्चिमी विश्वमा निकै सामानय मानिने एक प्रकारको अन्धोपनाबाट बच्ने उद्देश्यले उनले सो थेरापिको सहारा लिएको अस्पताल सुत्रले जनाएको छ ।

असी वर्षिया ज्यानेट ओस्वर्नको ढाडमा शल्यचिकित्सकहरुले सिन्थेटिक जिन इन्जेक्ट गरेर उनका आँखाको कोषहरु मर्नबाट रोकने प्रयास गरेका हुन् । बुढ्यौलीको कारण हुने मक्युलर डिजेनेरेसन ( एएमडि )का लागि गरिएको यो पहिलो आनुवंशिक अर्थात जेनेटिक उपचार हो ।

संयुक्त अधिराज्यमा करिव ६ लाख मानिस एएमडिबाट पिडित छन् । जसको कारण तिनीहरको दृश्य शक्ति निकै कमजोर रहेको छ । जानेट ओस्वर्नले विविसिलार्इ भनेकीछिन् , ‘ सेन्ट्रल भिजन धमिला ेभएकाले मैले बाँया आँखाले मासिनहरुको अनुहार ठम्याउन सक्तिन । यदि यस उपचारबाट फाइदा भयो भने त गज्जबै हुनेछ । ’

युनिभर्सिटी अफ अक्सफोर्डको नेत्र विज्ञानका प्राध्यापक रोवर्ट म्याकलरेनले गत महिना अक्सफोर्ड आँखा अस्पतालमा उनको उपचार गरेका हुन् । एएमडिीको कारण जिन थेरापि उपचारको परिक्षणमा भाग लिइरहेका दसजना बिरामी मध्ये जानेट पनि एक हुन् । मक्युला सेन्ट्रल भिजन सुचारु गर्ने रेटिनाको एक भाग हो । उमेर चढ्दै जाँदा रेटिनाका कोषहरु मर्ने गर्छन र नयाँ कोष बन्दैनन् ।