५ मेघावाट क्षमताको इष्ट्रन हाइड्रोको काम ९८ प्रतिशत सम्पन्न

0
Shares

गणेश विष्ट, भोजपुर ।
भोजपुर जिल्लाको पिखुवा खोलामा निर्माण भइरहेको ईष्ट्रन हाइडो«पावर जलविद्युत आयोजनाको ९८ प्रतिशत काम सम्पन्न भएको छ । जिल्लाको हाल सम्मकै सवै भन्दा वढी ५ मेघावाट क्षमताको जलविद्युत आयोजना निर्धारित समय भन्दा अगाडी सक्ने तयारी रहेको आयोजनाले जनाएको छ ।

जलविद्युत आयोजना करिव एक अर्व २० करोड लागतमा निर्माण भइरहेको छ । आयोजनाको पिपिए अनुसार ०७६ असार मसान्तसम्म सकिने सम्झौता भए पनि निर्माण कार्यको गति हेर्दा चालु आर्थिक वर्षको फागुन अन्तिममा सक्ने लक्ष्य आयोजनाले राखेको छ । लामो समय विवादका कारण बन्द रहेको हाइड्रो पावरको डेढवर्षमै ९८ प्रतिशत काम सम्पन्न भएकोे हो ।

आयोजनाको फेब्रिकेशन मुहान बाँधको निर्माणको काम भईरहेको छ । आयोजनाको विद्युतगृहदेखि मुहानसम्मको ४ किलोमिटर एड्रेस पाईप बिछ्याउने, टरबाईन राख्ने, फोर वे निर्माण, मुहानको बाँध बाँध्ने काम अन्तिम चरणमा ईष्ट्रर्न हाइड्रो पावरका ईन्जिनियर रोशन साह वताए । उनले भने‘ निर्माणको काम ९८ प्रतिशत सम्पन्न भएको छ, हामीले यसलाई निर्धारित समय भन्दा अगाडी सम्पन्न गरेर विद्युत वितरण शुरु गर्ने लक्ष्य लिएका छौ ।’

०६२ सालमा तात्कालिन समयका लागि नेपाल विद्युत प्राधिकरणसंग ४५ करोडको लगानीमा २ दशमलब ५ मेघावाट क्षमताको विद्युत उत्पादन हुने गरि सम्झौता सर्भे गरिएको थियो । ०६७ सालबाट आयोजनाको निर्माण सुरु गरिए पनि सडक, विद्युत प्रसारण, ईन्धन, नाकाबन्दी, भू–कम्प, विविध राजनितिक गतिरोधका कारण कामले गतिलिन सकेको थिएन ।

०७२ साल अन्त्यतिर आयोजनाको विद्युत क्षमता बढाएर ५ मेघावाट पु¥याएपछि निर्माणको कामले तिब्रता जन सम्पर्क अधिकृत दिपेन, राईले जानकारी दिए । राइले भने ‘नाकावन्दी, भुकप्प, सडक आपसी विवाद लगाएतले विगतमा वर्षहरुमा काममा ढिला भएको थियो तर अहिले काम तिव्रता साथ भइरहेको छ, आगमी पागुन अन्तीमबाट विद्युत वाल्ने तयारीमा छौ ।’ केन्द्रिय प्रसारण लाइनमा जोड्नको लागि तार टाङ्ने काम पनि अन्तिम चरणमा रहेको उनले जानकारी दिए ।

आयोजनाको कुल ईस्टिमेटको १० प्रतिशत आयोजनाबाट प्रभावित स्थानीयका लागि माघमा शेयर खुल्ला गर्ने जनाएको छ । प्रभावित क्षेत्रका स्थानीयले हाईड्रोपावरको कुल एक अर्ब २० करोडको प्राविधिक ईस्टिमेटमध्ये आयोजनाबाट प्रभावित स्थानीय क्षेत्रहरुमा कुल ६ करोड २० लाख बराबरको शेयर समेत खुल्ला गर्ने जनाएको छ ।