आय स्तर बढाउन महिलालाई अचार बनाउने तालिम

0
Shares

किरन धामी, दार्चुला ।
जिल्ला घरेलु तथा साना उद्योग विकास समिति दार्चुलाको उद्यमी सिर्जना तथा रोजगार कार्यक्रम अन्तर्गत जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर १ भर्तोलाका न्युन आयस्तर भएको महिलाहरुलाई ७ दिने अचार बनाउने तालिम दिइरहेको जिल्ला घरेलु तथा साना उद्योग विकास समिति दार्चुलाका उद्योग विकास अधिकृत पदमबहादुर ठकुराठीले जानकारी दिए ।

स्थानिय स्तरमै उपलब्ध स्रोत साधनको समुचित उपयोग गरि न्युन आयस्तर भएका महिलाहरुको आयस्तर बृद्धि गर्न तालिम दिइरहेको उनले बताए । भर्तोलाका १२ जना न्युन आयस्तर भएका महिलाहरुलाई विभिन्न कृषिजन्य बस्तुको अचार बनाउने तालिम दिलाइरहेको उनको भनाई छ । महिलाहरुलाई स्थानिय स्तरमै सजिलै उपलब्ध हुने अवला, मुला, आँप, लसुन, मेवाको अचार तथा सिन्की गुन्द्रुक बनाउने तालिम दिइरहेको उनले जानकारी दिए ।

भर्तोला राजमार्ग नजिक भएका कारण स्थानिय स्तरमै उपलब्ध हुने कृषिजन्य बस्तुको सदुपयोग हुने तथा उपभोक्ताको माग पुर्ती हुने अपेक्षा लिइएको छ । तालिमको प्रशिक्षण सिटिईभिटिबाट मान्यता प्राप्त धनगढी कैलालीका दक्ष प्रशिक्षक शान्ति गिरिले गरिरहेको उनले बताए ।