जनताको हित, सूरक्षा र विकासको मूलभुत साधन प्रजातन्त्रः पूर्व राजा शाह

0
Shares

नेपाल समचारपत्र, काठमाडाैँ ।
पुर्व राजा ज्ञानेन्द्र शाहले सबै अटाउने प्रणाली, सबैको आस्थाको केन्द्र राष्ट्र बन्न नसकेसम्म प्रजातन्त्रले मूर्तरुप लिन नसक्ने बताउनुभएको छ । उहाँले ६०औं राष्ट्रिय प्रजातन्त्र दिवसको शुभकामना सन्देशमा यस्तो बताउनुभएको हो ।

शाहले जनताको हित, सूरक्षा र विकासको मूलभुत साधन प्रजातन्त्र भएको उल्लेख गर्दै हाम्रा जिजूबूवा राष्ट्रपिता छ त्रिभूवनसहित प्रजातन्त्रका निम्ति त्याग, उत्सर्ग र योगदान गर्ने सबैको स्मरण गराउनुभएको छ ।

उहाँले देश दर्शनको क्रममा आफूले बोध गरे अनूरुप प्रजातन्त्रको त्यस्तो अनूभुति आम नेपालीमा भभएको सोत उल्लेख गर्नुभएको छ ।

यसै क्रममा उहाँले आम नागरिकमा राज्यका विभिन्न अंगप्रति नैराश्यता, वितृष्णा र अनभिज्ञता लामो समयसम्म रहिरहनू गम्भिर चिन्ताको विषय बनेको र यसरी राष्ट्रप्रतिको निष्ठामा आएको ह्रास, प्रत्येक यूवामा देश छाड्ने आतूरता र नागरिकको मनमा उत्पन्न हिनताबोधले राष्ट्र दिन प्रति दिन कमजोर बनिरहेको बताउनुभएको छ ।

त्यसै गरी सनातनीक धर्म, संस्कृति र मौलिक आदर्श एवं मान्यताप्रति धर्मान्तरणको प्रकृयाबाट आक्रान्त भएको कहालीलाग्दो दुखद अवस्था देखा परेको र त्यस्तो जन असहमत कार्यप्रति राज्यको ध्यान जानू पर्ने बताउनुभएको छ ।

उहाँले नेपालको भु राजनीतिक अवस्थालाई दृष्टिगत गर्दै हाम्रो परराष्ट्र तथा मैत्री सम्बन्धलाई सूमधूर बनाई हामी अघि बढ्नुपर्ने बताउनुभएको छ ।