निश्चित समय तोकेर बाग्मती सफाईको कार्ययोजना ल्याउन मन्त्री राईको निर्देशन

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
शहरी बिकास मन्त्री मोहम्मद इस्तियाक राईले बाग्मती नदी सफाईका लागि निश्चित समय तोकेर कार्यायोजना ल्याउन निर्देशन दिनुभएको छ । बाग्मती नदी मुलुककै लागि सभ्यताको पहिचान भएको भन्दै बढीमा अवको दुई बर्षभित्र बाग्मती सफाईको काम सक्ने गरी कार्ययोजना ल्याउन अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिलाई मन्त्री राईले निर्देशन दिनुभएको हो ।

सिहदरवारस्थित मन्त्रालयमा आइतवार बसेको समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री राईले भन्नुभयोः दुई बर्षभित्रमा बाग्मती नदीको पानी सफा हुने गरी बिस्तृत कार्ययोजना ल्याउनुहोस, अन्यथा अव पनि प्रभावकारी काम भएन भने जिम्मेवारी लिएका सवैलाई कारवाही गर्न मन्त्रालय बाध्य हुनेछ, त्यसमा कसैले क्षमा पाउँदैन ।

उहाँले अगाडी थन्नुभयोः बाग्मतीको पानी पिउन योग्न बनाउन समय लाग्ला तर नुहाउन योग्य बनाउने गरी कार्यायोजना ल्याउनहोस, मैले कहाँ गएर कुन मन्त्रालयसँग समन्वय गर्नुपर्छ त्यो गर्न म तयार छु ।

मन्त्री राईले पहुँच र शक्तिकेन्द्रको प्रभावमा भन्दा पनि आवश्यकता र प्राथमिकताका आधारमा बाग्मती आयोजनाको काम अघि बढाउन आयोजना प्रमुखलाई निर्देशन दिनुभयो ।

बाग्मती लगायतका नदीको सफाईमा लामोसमयदेखी अहा्ेरात्र खटिएका अभियान्तासँग समन्वय गरेर आवश्यकताका आधारमा बजेटको कार्यक्रम तय गर्न ध्यानाकर्षण गराउँदै मन्त्री राईले बाग्मतीका नाममा कसैले पनि राजनीति गर्न नहुने बताउनुभयो ।

बैठकमा शहरी बिकास मन्त्रालयका सचिव रमेश प्रसाद सिहंले सबै पक्षको समन्वयले बाग्मती सफाई अभियानले ३ सय हप्ता पार गरेको भन्दै यसलाई मुर्तरुप दिन आफ्नो मन्त्रालयले नेतृत्वदायी भूमिका खेल्ने बताउनुभयो ।

बैठकमा सहभागी अभियान्ताले शहरी बिकास मन्त्रालयको नेतृत्वमा सफाई अभियानलाई अझै प्रभावकारी बनाएर लैजान आफुहरुलाई उत्साह मिलेको बताएका थिए ।