पर्यटन क्षेत्रको विकासका लागि रेडपाण्डा संरक्षण

0
Shares

कालीवहादुर मल्ल
कालिकोट फागुन ६ । लोपन्मुख अवस्थामा रहेको र पर्यटकहरुका लागि आकर्षक मानिने रेडपाण्डा (हाब्रे) संरक्षण गर्नका यस जिल्लामा जिल्ला स्तरीय समिति गठन गरिएको छ । पश्चिम नेपालका सन्दर्भमा बढी पाइने कालिकोट जिल्लामा रेडपाण्डा संरक्षणका लागि समिति गठन गरिएको हो ।

रेडपाण्डा नेटवर्कको सहयोगमा मानवअधिकार तथा वातावरण विकास केन्द्र(हुरेण्डेक)र हिमालयन सामुदायिक स्रोत विकास केन्द्र को आयोजना शनिबार मान्ममा आयोजित एक कार्यक्रम मार्फत समितिको गठन गरिएको हुरेण्डेक कालिकोटका सचिव दिलिप दर्पण शाहीले बताए ।

जिल्ला समन्वय समिति कालिकोटका प्रमुख अध्यक्ष रहने गरि गठन गरिएको समितिमा रेडपाण्डा पाउने स्थानीय तह,सरोकारवाला वन,पशुस्वास्थ्य कार्यालय, नागरिक समाज,खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ,पत्रकार महासंघ, वन महासंघ,पर्यटन पत्रकार महासंघ,रेडपाण्डा सम्बन्धि कार्यक्रम सञ्चालन गरिरहेका संस्थाहरु सदस्य रहेका छन् । कालिकोटको खाँडाचक्र, महावै,शुभकालिका,तिलागुफामा धेरै संख्यामा रेडपाण्डा पाउने र देखिने गरेको कार्यक्रमका सहभागीहरुले वताए ।

हुरेण्डेक कालिकोटका सचिव शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खाँडाचक्र नगरपालिका प्रमुख जसिप्रसाद पाण्डेले जिल्लामा चोरी सिकारी र बन विनासका कारण रेडपाण्डा,कस्तुरी लगाएतका महत्वपूर्ण बन्यजन्तु विनास हुदै गएको सुनाए । सथै उनले रेडपाण्डाको संरक्षण र प्रचार प्रसार मार्फत वैविक बिबिधता संरक्षणका साथै पर्यटन प्रबर्द्धनका लागि योगदान गर्नु पर्ने धारणा राखेका थिए ।