केन्द्र सार्ने बिबादमा पर्वतको पैंयु गाउँपालिकामा आन्दोलन, बजार बन्द

0
Shares

नेपाल समाचारपत्र
पर्वत
गाउँपालिकाको केन्द्र सार्ने विवादले पर्वतको दक्षिणमा रहेको पैयूँ गाउँपालिकामा आनिश्चितकालिन बन्द भएको छ।

जनप्रतिनिधिहरुले स्थानीयले उपलब्ध गराएको जग्गामा गाउँपालिकाको भवन निर्माण नगरी आफूखुसी अर्को ठाउँमा निर्माण गर्ने तयारी गरेको भन्दै स्थानीय नागरिकले शनिबारदेखि बन्द आह्वान गरेका हुन्।

। बन्दका कारण गाउँपालीका पर्ने हातेमालो चोक, हुवास बजार, त्रिवेणी बजारलगायतका बजार ठप्प भएका छन्।

यस्तै, पैयूँ, हुँदै बिहादी गाउँपालीका छुट्ने र पैयूँबाट बर्राचौर, खहरेखोला, रानीपानी, वाहकी हुदै वालिङ्, पोखरा, बुटवल, नारायणगढ, काठमाडौ सञ्चालन हुने यातायात बन्दको कारण चल्न सकेका छैनन्।

स्थानीय नागरिकले गाउँपालिको केन्द्र निर्माणको लागि भन्दै गएको असार १३ गते हातेमालोचोक नजिक खेती गरिरहेको १२ रोपनी जग्गा गाउँपालिकाको नाममा पास गरिदिएका थिए।

बन्दको नेतृत्व गरिरहेका यूवा दिपक भण्डारीका अनुसार हातेमालोचोकमा भवन निर्माण गर्दा सबै वडालाई पायक पर्ने भन्दै जग्गा उपलब्ध गराइएको थियो। तर जनप्रतिनिधिहरुले भने त्यो जग्गा छोडेर हातेमालोचोक बजार भन्दा केही दक्षिणमा पर्ने सेती खोलाको बगर नजिकै बनाउने तयारी गरेका छन्।

आन्दोलनमा उत्रीएका स्थानीयले भने गाउँपालिकाले भवन निर्माण तयारी गरेको ठाउँ सबैलाई अपायक पर्ने भन्दै विरोध गरेका छन्। ‘खोला किनारमा रहेका कारण जुनसुकै बेला बगाउन सक्ने अबस्था भएको ठाउामा केन्द्र सार्ने काम भएको छ ।’ उनले भने ‘यो निर्णय केही ब्यक्तिको निजी स्वार्थ पुरा गर्नका लागि बहुमतका नाममा दम्भ देखाइएको हो ।’

पैंयु गाउँपालिकाको केन्द्र रहेको हातेमालोचोकलाई उपेक्षा गर्न खोजेको उद्योगण बाणिज्य संघ पैंयु इकाइका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए । बजारबासीले जुनसुकै मुल्य चुकाएर भएपनि केन्द्र अपायक ठाउँमा सार्ने पालिकाको निर्णय कार्यान्वयन हुन नदिने बताए ।

त्यसबाहेक बनाउन लागिएको भवन खोलाको पारीपट्टीको भागमा पर्ने भएकोले आवातजावतका लागि खोलामा पुल निर्माण गर्नैपर्ने बाध्यताले धेरै खर्च हुने बताएका छन्। ‘बजारभन्दा टाढा लगेर बनाउँदा केन्द्र सबैलाई अपायक हुन्छ।’

अध्यक्ष श्रेष्ठले भने ‘खोला पारी बनाउँदा पुल बनाउनैपर्छ, अनि अनावश्यक ठाउँमा पुल बनाउँदा पालिकालाई आर्थिक भार पनि त थपिन्छ, पुल बनाउने पैसाले गाउँपालिकमै अरु राम्रा काम गर्न सकिन्छ।’

गाउँपालिकाको केन्द्र कहाँ सार्ने भन्ने विषयमा केही दिनदेखि उठेको विषयले ठूलो रुप लिएको कारण अनिश्चितकालीन गाउँपालिका बन्द आह्वान गर्न बाध्य हुनुपरेको पैयूँ बजार व्यवस्थापन समितिका अध्यक्ष किसन श्रेष्ठले बताए ।