मद्यिरा निषेधित क्षेत्र बनाउन स्थानीयको स्वतस्फूर्त र्याली

0
Shares

धनवीर दाहाल,रुकुम ।

जिल्लालाई मद्यिरा निषेधित बनाउका लागी जिल्ला समन्वय समिती रुकुम पश्चिमले गत माघ ५ गते गरेको निर्णयको समर्थनमा नागरिक स्तरको स्वतस्र्फुत र्याली निकालिएको छ ।

मदिरा, महिला हिंसा, बालविवाह, जुवातास एवं लागूऔषध विरुद्धमा आममहिला, दलित, युवा तथा विद्यार्थीले एक साथ र्याली निकालेका हुन् । उनीहरुले जिल्लालाई मदिामुक्त बनाउने सरकारी अभियानको समर्थन गर्दै तत्काल कार्यान्वायनमा ल्याउन माग गरेका छन् । समाजमा विकृति विसंगति, हत्या,हिंसा जस्ता घटना बढ्दो क्रममा रहेकाले त्यसको न्युनिकरणमा दवाव दिन भन्दै नागरिक तहबाट र्याली आयोजना गरिएको थियो ।

समाज विकृत बन्दै जानुको मुख्य कारण मदिरा, बालविवाह, जुतावास तथा लागूऔषध लगायत भएको निस्कर्ष निकाल्दै सम्बन्धित पक्षलाई त्यसको न्युनिकरणमा दबाब पुगोस भनेर र्याली निकालिएको महिला अधिकारकर्मी जोखिमाया कठायतले बताउनुभयो । र्यालीमा महिला, बालबालिका, दलित, युवा, नागरिक समाजका अगुवा सहभागी थिए । र्यालीले खलंगा बजार परिक्रमा गरेर बाल मन्दिरको कोण सभामा परिणत भएको थियो । सभामा बोल्नेहरुले तत्कालै समाजका विकृत बनाउने पदार्थ तथा चलनको अन्त्य नगरे जिल्लाले ठूलो क्षति व्यहोर्नु पर्ने चेतावनी दिएका छन् ।

बिभिन्न अपराधिक घटनाहरु मध्य ८० प्रतिशत घटना मद्यिराकै कारण भएको निष्कर्ष निकाल्दै मद्यिरालाई व्यवस्थीत गर्ने निर्णय स्थानीय तहहरुले गरेका छन् । बैधानिक रुपमा अनुमति पत्र लिइ मद्यिरा बिक्री बितरण गरिरहेका व्यक्ति वा संस्थाहरुले फाल्गुन १५ गते सम्म आफुसँग भएको मद्यिरा खाली गरिसक्ने एवं फाल्गुन १६ गतेदेखी बिक्री बितरण बन्द गर्ने र स्थानीय स्तरमा उत्पादन हुने घरेलु मद्यिराको उत्पादन, बिक्री बितरणको अनुगमन गरी प्रचलित ऐन, कानुन र मापदण्ड बिपरित भएको पाइएमा तत्काल स्थानीय तहले बन्द गर्ने निर्णय गत माघ गते गरिएको छ ।