सोमबार दुई अर्बको टे«जरी बिल आउँदै

0
Shares

काठमाडौँ, ५ फागुन (रासस) : नेपाल राष्ट्र बैंकले पछिल्लो दिनमा नियमितजसो नै वित्तीय उपकरणको प्रयोग गर्दै बजारमा उल्लेख्य मात्रामा तरलता प्रवाह गर्दै आएको छ ।

यसै सन्दर्भमा बैंकले पुनः सोमबार रु दुई अर्ब बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । बैंकले आज सूचनामार्फत उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागेको जानकारी दिएको छ । कूल ९१ दिने अवधिको उक्त टे«जरी बिल बिक्री गर्न लागिएको हो ।

बैंकले यसअघि माघ २८ गते पनि टे«जरी बिल बिक्री गरेको थियो । बैंकले यही फागुन ७ गते उक्त टे«जरीको बोलकबोलका बारेमा जानकारी दिनेछ ।