ब्रोइलर चल्लासहित दुई भारतीय पक्राउ

0
Shares

राँझा, भारतबाट ठूलो परिमाणमा आयात भएको ब्रोइलर कुखुराको चल्लासहित दुईजना भारतीय नागरिकलाई बाँके प्रहरीले आज पक्राउ गरेको छ ।

कोहलपुर नगरपालिका–३ एनसिसिएनबाट तीन हजार ६०० ब्रोइलर कुखुराका चल्लासहित भारतीय नागरिक अमिन सिद्दिकी र ललो गौतम पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक भरतसिंह राठौरले जानकारी दिनुभयो । उनीहरुलाई आवश्यक अनुसन्धानका लागि पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्ज पठाइएको छ ।

बरामद भएका चल्ला नष्ट गरिएको पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्जका चिकित्सक रामसेवक त्रिपाठीले बताउनुभयो ।

भारतीय कुखुराबाट बर्डफ्लू लगायतको पक्षीजन्य रोग भित्रिने आशङ्कामा नेपाल सरकारले प्रतिबन्ध लगाएको छ । मुख्य नाका जमुनाहमा सुरक्षाकर्मीले निगरानी गर्दै आए पनि खुल्ला सिमानाका फाइदा उठाउँदै ग्रामीण क्षेत्रबाट भारतीय ब्रोइलर चल्ला नेपाली बजारमा भित्रिने गरेका छन् ।

रासस