स्ववियु निर्वाचनको मिति घोषणा गर्न दबाव दिन उपकुलपति कार्यालय घेराउ

0
Shares

काठमाडौं ,(नेस) । सत्तारुढ दल नेपाल कम्युनीष्ट पार्टी नेकपाका दुई विद्यार्थी संगठनले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावको मिति घोषणा गर्न दबाव दिन भोली सोमबार किर्तिपुर स्थित उपकुलपति कार्यालय घेराउ गर्ने भएका छन् । अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले निर्वाचन कार्यतालिका सार्वजनिक नगरेको भन्दै कपकुलपति कार्यालय घेराउ गर्न लागेका हुन् ।

अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीका अध्यक्षद्वय नविना लामा र रञ्जित तामाङले विज्ञप्ति प्रकाशित गरी आज ११ बजे उपकुलपतिको कार्यालय घेराउ गर्ने कार्यक्रम सार्वजनिक गरेका हुन । उनीहरुले त्रिविले तत्काल निर्वाचनको मिति घोषणा नगरे सशक्त आन्दोलन घोषणा गर्ने जनाएका छन् । अनेरास्ववियुका महासचिव ऐन महरले त्रिविका उपकुलपतिको कारण स्ववियु निर्वाचनको मिति घोषणा हुन विलम्ब भएको बताउनुभयो ।

उहाले भन्नुभयो–हामीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छौ, मिति घोषणा नगरे कडा आन्दोलन गर्नेछौ । दुई संगठनका अध्यक्षद्धारा हस्ताक्षरित विज्ञप्तिमा विज्ञप्तिमा मंगलबार देशभरका स्ववियु निर्वाचन हुने क्याम्पस प्रमुखको कार्यकक्षमा प्रदर्शन गर्ने उल्लेख गरिएको छ । त्रिविले यही फागुन १४ गते स्ववियु निर्वाचनको घोषणा गरेपनि कार्यतालिका घोषणा गरेको छैन ।