चट्याङ लागेर मृत्यु तथा धनमाल क्षति

0
Shares

काठमाडौं,
पाँचथर फाल्गुनन्द गाउँपालिका-३ तौवा बस्ने १७ वर्षीय भगेन्द्र तामाङको शनिबार दिउसो परेको चट्याङ लागेर मृत्यु भएको छ । सोही ठाउँस्थित काकाको घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएका भगेन्द्रलाई उपचारको लागि जिल्ला अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै चट्याङ लागेर घाइते भएका ११ वर्षीय मनकुमार तामाङको सोही अस्पतालमा उपचार भइरहेको छ ।

अर्घाखाँची मालारानी गाउँपालिका-८ बजेनीस्थित परेको चट्याङ लागेर गम्भीर घाइते भएका सोही ठाउँस्थित खाला बस्ने २६ वर्षीय युबराज अधिकारीको उपचारको लागि जिल्ला अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । साथै चट्याङ लागेर घाइते भएका सोही ठाउँ बस्ने २५ वर्षीया सिता अधिकारी र १४ वर्षीया अनिता अधिकारीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्युठान गौमुखी गाउँपालिका-३ बास्तुक टोल बस्ने ६७ वर्षीय धनबहादुर मल्लको शनिबार दिउसो परेको चट्याङ लागेर मृत्यु भएको छ । सोही ठाउँस्थित जितबहादुर मल्लको गोठ छाउन आएको अवस्थामा चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

तेह्रथुम फेदाप गाउँपालिका-१ बस्ने गणेश नेपालीको कच्ची घरमा शनिबार दिउसो चट्याङ पर्दा भएको आगलागीमा घर, अन्नपात र लत्ताकपडा जलेर करिब ७ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक उद्धार कार्य एवं अनुसन्धान गरिरहेको छ ।