जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

0
Shares

काठमाडौं,
रुपन्देही बुटवल उपमहानगरपालिका–२ मनकामना टोल बस्ने ३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ३० वर्षीय रमेश बिकलाई शनिबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

नजिकै धारामा लगी नुहाईदिन्छु भनी ललाईफकाई झाडीमा लगेर बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले रमेशलाई पक्राउ गरेको हो ।

सर्लाही ईश्वरपुर नगरपालिका-४ बस्ने ७ वर्षीया बालिकालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा सोही ठाउँ बस्ने २२ वर्षीय आकाश भण्डारीलाई शनिबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

भण्डारीले ती बालिकालाई पढाई दिन्छु भनी पीडितकै कोठामा अप्राकृतिक मैथुन गरेको तथा जबरजस्ती करणी गर्न खोजेको भन्ने जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय केशरगंजबाट खटिएको प्रहरीले भण्डारीलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।