प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने ट्रिपर चालकहरु पक्राउ

0
Shares

काठमाडौं,
काठमाडौं महानगरपालिका वल्खुस्थित सडकबाट प्रहरीलाई आर्थिक प्रलोभनमा पार्नका लागि नगद ५ सय रुपैयाँ दिन खोज्ने मकवानपुर घर भएका २३ वर्षीय ओमबहादुर कार्की र सोही ठाउँ घर भएका २४ वर्षीय लख्खे पन्तलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित खटिएको प्रहरीले बा.४ ख ६८४५ नम्बरको ट्रिपर र बा.३ ख ६५६८ नम्बरको ट्रिपर जाँच गर्ने क्रममा चालकको साथमा कागज पत्र नभएपछि दुबै ट्रिपरहरु नियन्त्रणमा लिन खोज्दा दुबै ट्रिपरको संयुक्त भनी उक्त नगद घुस दिन खोजेकाले दुबै सवारी साधन सहित चालकहरू ओमबहादुर र लख्खेलाई प्रहरीले पक्राउ गरेको हो ।