धनी मुलुकहरुमा मासु सेवन परिमाणमा वृद्धि


लन्डन,(एजेन्सी)
तपाईंहरुले हालसालै मासु खानै छोडेका वा त्यसको मात्रा कम गर्दै लगेका मानिसहरु बढ्दै गइरहेको सुनेको हुुनुपर्दछ । यसलाई मानिसहरुको स्वस्थ रहने चहाना , वातावरणिय नकारात्मक असर घटाउने वा जनावर प्रतिको सकारात्मक सोचको रुपमा पनि लिन सकिन्छ ।

तीन मध्ये एाजना वेलायतीले अहिले मासु खानै छाडेका वा मासु सेवन कम गर्न थालेका दावी गर्न थालेका छन् । यसैगरी संयुक्त राज्य अमेरिकामा दुई तिहाइ मानिसले कम्तिमा एक किसिमको मासुको कम खान थालेको बताउने गरेका छन् । यसको अलिकति भएपनि श्रेय अचेल मासुरिहत सोमवार मनाउने चलनलाई जानछ ।

साथै थुप्रै वृत्तचित्रहरुमा चर्चित व्यक्तित्वहरुले शाकाहारी रहनुबाट वा थोरै मात्र मासु खानाले शरिरमा हुने फाइदाबारे चर्चा परिचर्चा गर्ने गरेकाले पन मानिसहरुको मासु सेवन प्रतिको सोचमा सकारात्मक परिवर्तन आउन थालेका ेहो । तैपनि मासुको माग भने बढ्दै गइरहेको देखिन्छ ।

विश्वमा मासु सेवनको क्रम विगत विस वर्ष भित्र निकै तिव्र गतिले बढेको पाइन्छ । साठी दशकका ेशुरुको तुलनामा अहिले मासु उत्पादन झण्डै पााच गुणा बढि रहेको छ । अर्थात त्यतिवेला विश्वमा वार्षिक सात करोड टन मासु उत्पादन हुने गरेको थियो भने सन् २०१७ मा यो परिमाण ३३ करोड टन पुगेको छ । हुन त यसको पछाडि जनसंख्या वृद्धिको पनि हात रहेको छ ।

साठी दशकको प्रारमभको तुलनामा अहिले विश्वको जनसंख्या दोब्बर भन्दा बढि भइसकेको छ । त्यतिवेला विश्वको जनसंख्या करिव ३ अर्व थियो भने अहिले सो संखय ७ अर्व ६० करोड भन्दा बढि भइसकेको छ । मासुको माग बढ्नुको अर्को कारण मानिसहरुको आयश्रोतमा आएको सुधारलाई पनि लिन सकिन्छ ।

विगत पचास वर्ष भित्र विश्वका मानिसको आयमा औसतमा तेब्बर भन्दा बढि भइसकेको छ । सन् २०१३ सम्मको तथ्यांक अनुसार विश्वमा वार्षिक रुपमा सबैभन्दा बढि मासु उपभोग हुने राष्ट्रमा अमेरिका र अष्ट्रेलिया रहेका छन् । तिनीहरुकै हाराहारीमा न्युजिल्यान्ड र अर्जेन्टिना परेका छन् ।

त्यहाँका प्रत्यके व्यक्तिले वर्षेनी १ सय केजि मासु र करिव ५० वटा कुखुरा खाने गरेको अनुमान गरिएको छ । तुलनात्मक रुपमा पुर्वेली भन्दा पश्चिमेली राष्ट्रमा मासुको सेवन धेरै हुने गरेको पाइएको छ । अधिकांश पश्चिमी युरोपेली राष्टहरुमा औसतमा प्रत्येक मानिसले वर्षमा ८० देखि ९० किलोग्राम मासु खाने गरेको बताइएको छ ।

त्यसैगरी विश्वका गरिब राष्ट्रका मानिसहरुले भने निकै कम मात्र मासु खाने गरेको बुझिएको छ । तिव्र रुपमा अर्थतन्त्रमा सुधार आइरहेको चीन र ब्राजिलमा अहिले मासु उपभोगको परिणाममा पनि वृद्धि भइरहेका ेपाइएको छ ।

साठीको दशकतिर चीनमा प्रति व्यक्तिले वर्षमा ५ केजि भन्दा कमै मात्र मासु खाने गरेका थिए । असी दशकको उत्तरार्धमा यो परिमाण २० केजि पुग्यो भने अहिले यो ६० केजि भन्दा माथि पुगिसकेको छ । यसैगरी औसतमा वर्षेनी इथियोपियालीले ७ , रुवान्डालीले ८ र नाइजेरियालीले ९ केजि मासुमात्र खाने गरेको पाइएको छ ।