सशस्त्र प्रहरीमा पनि बढुवाका लागि आवेदन दिन आह्वान

0
Shares

काठमाडौं,

सशस्त्र प्रहरी बलमा रोकिएको बढुवा प्रक्रिया सुरु भएको छ। बिहीबार प्रहरी नायब उपरीक्षक (डीएसपी) र प्रहरी उपरीक्षक (एसपी) बढुवाका लागि आवेदन दिन सूचना जारी गरको हो।

सशस्त्र प्रहरी बल नेपालकाअनुसार प्राविधिक र साधारण दुवै समूहतर्फका प्रहरी निरीक्षक र डीएसपीको बढुवाका लागि आवेदन दिन आह्वान गरिएको हो। जसअनुसार कानुन, स्वास्थ्य, सञ्चार तथा इञ्जिनियरिङसहित साधारण समूहतर्फ एसपी र साधारण समूहबाट डीएसपी हुन योग्यता पुगेकाहरुलाई आवेदन दिन भनिएको छ।
जारी सूचनामा बढुवाका लागि आवश्यक शैक्षिक प्रमाण पत्रसहित बढुवा प्रायोजनका लागि आवश्यक कागज पत्रसहितको आवेदन बढुवा सिफारिस समितिमा बुझाउनु पर्ने छ।