जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

0
Shares

नेपाल समाचारपत्र
काठमाडौ
जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले दुई वर्षदेखि फरार रहेका बारा जिल्ला फेटा गाउँपालिका वडा नं.७ बस्ने १९ वर्षीय जितेन्द्र महोतो नुनियालाई पक्राउ गरेको छ । उनलाई बारा जिल्ला अदालतको ०७३ जेठ १८ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा दोषि ठहर गरी २ वर्ष कैदको सजाय सुनाएको थियो । प्रहरी टोलीले उनलाई लुकीछिपी बसेको अवस्थामा फेला पारी बारा जिल्ला अदालतमा प्रस्तुत गरेको थियो । त्यसलगत्तै उनलाई अदालतले दिएको आदेश अनुरुप कैद भुक्तानको लागि कारागार कार्यालय बिरगंज, पर्सा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाकारी दिएको छ ।