सुन बरामद, दुई जना पक्राउ

0
Shares

कञ्चनपुर,
शुक्लाफाँटा नगरपालिका-११ अमरपुर बस्ने ३२ वर्षीय लक्ष्मण तिरुवाको घर गोठको छेउमा खाल्डोमा लुकाईछिपाई राखिएको अवस्थामा ५६६२.६९ ग्राम सुन बिहीबार राति प्रहरीले फेला पारी बरामद गरेको छ ।

प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो र ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्ती कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा बिहीबार पुनर्वास नगरपालिका-२ दशरथबस्ती बस्ने शंकर बिकको घरभित्र खाल्डोमा लुकाई राखेको अवस्थामा १८ किलो सुन बरामद गरेपश्रात् थप अनुसन्धान गर्ने क्रममा लक्ष्मण तिरुवाको घर छेउको खाल्डोमा समेत थप सुन फेला पारी बरामद गरेको हो ।

बरामद सुनबारे थप अनुसन्धानको क्रममा घटनामा संलग्न निज लक्ष्मण तिरुवा र सोही ठाउँ घर भई जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी जवान सुरज तिरुवालाई प्रहरीले पक्राउ गरेको छ । साथै प्रहरी जवान सुरजको साथबाट पेस्तोल १ थान र त्यसको गोली ७ राउन्ड समेत प्रहरीले बरामद गरेको छ ।

नियन्त्रणमा लिएका व्यक्तिहरु र बरामद सुन आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।