बाइलिङ्गलका विद्यार्थी वनस्थलीमा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
सदियौंदेखिको नेपाल चीनबीचको सम्बन्ध हालसम्म पनि कायमै रहेको छ । वर्षैपिच्छे नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकको संख्यामा बढोत्तरी छ ।

शिक्षा तथा संस्कृतिको आदानप्रदान गर्नमा यति व्यस्त छन् चिनियाँ । प्रमुख शहरका गल्लीगल्लीमा चिनियाँ पर्यटक भेट्न सकिन्छ । यस्तैमध्येको एक टोली आफ्नो शिक्षा तथा संस्कृति आदानप्रदान गर्न यति बेला सिद्धार्थ वनस्थलीमा व्यस्त छ ।

सो टोली चीनको छिन्ताओ कर्नरस्टोन बाइलिङ्ग स्कुलबाट नेपाल आएको हो । उनीहरुको उद्देश्य सार्वजनिक स्कुलमा शिक्षाको स्तर कस्तो छ भन्नेमा केन्द्रित रहेको छ । टोलीलाई एक कार्यक्रमका बीच सिद्धार्थ वनस्थलीका प्रिन्सिपल रुपक राजवंशीले स्वागत गर्नुभएको थियो ।

सातदिने भ्रमणमा नेपाल आएको टोलीको नेतृत्व मिस जेसीले गरेकी छन् । नेपालका विद्यार्थी असल तथा अनुशासित भएको उनको ठम्याइ छ । जेसी भन्छिन्– ‘नेपाल र चीनबीच शिक्षामा समानता छ । नेपालका विद्यार्थी असल रहेछन् । ’

यस्तै भनाइ छ अर्का कार्यक्रमका कोअर्डिनेटर कृष्ण लीको पनि । उनी भन्छन्– ‘यहाँको शिक्षण विधि पनि उत्कृष्ट रहेछ । शैक्षिक क्रियाकलाप विद्यार्थी लक्षित छ । रमाइलो लाग्यो ।’

सिद्धार्थ वनस्थली र चीनको विभिन्न विद्यालयबीच वर्षैपिच्छे संस्कृति तथा शिक्षासम्बन्धी अन्तरक्रिया तालिम, गोष्ठी तथा सेमिनार हुने गरेको छ भने नेपालबाट पनि सिद्धार्थ वनस्थलीले शिक्षकहरुलाई चीनमा तालिम लिन पठाउने गरेको प्रिन्सिपल राजवंशीले बताउनुभएको छ ।