अख्तियार आयुक्तलाई महाअभियोग लगाउन हस्ताक्षर संकलन गर्दै नेकपा

0
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई महाअभियोग लगाउन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले तयारी गरेको छ ।

आयुक्त पाठकले घुस लिएको प्रमाण नै भेटिएपछि उनीविरुद्ध महाअभियोग लगाउन नेकपाले हस्ताक्षर संकलन गर्ने भएको हो । महाअभियोगबारे आजैबाट प्रक्रिया शुरु गर्ने नेकपानिकट नेताहरुले बताएका छन् । संसदमा एक चौथाइ सदस्यले हस्ताक्षरसहित महाअभियोग प्रस्ताव दर्ता गर्नुपर्ने व्यवस्थाअनुसार तयारी भइरहेको छ ।

आयुक्त पाठकले भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाइदिने भन्दै ८७ लाख घुस लिएका थिए । उनले घुस लिएको स्वीकारेको भिडियोका आधारमा महाअभियोग लगाउने तयारी गरिएको जनाइएको छ ।