स्थानीय सरकारको सुरुवातः ड्रप आउट रोक्न दलित विद्यार्थीलाई छात्रावृति

0
Shares

नानीराम नेपाल, सिनधुपाल्चोक ।

आर्थिक अभावका कारण दलित समुदायका बालबालिकाले बीचैमा पढाई छाडिरहेका बेला स्थानीय सरकारले दश लाख बढि बजेट विनियोजन गरि दलित समुदायका विद्यार्थीका लागि छात्रावृति वितरण गरेको छ ।

जिल्लास्थित बलेफी गाउँपालिकाले विभिन्न विद्यालयमा अध्ययनरत दलित समुदायका विद्यार्थीका लागि छात्रावृति प्रदान गरेको हो । दलित समुदायका बिद्यार्थीहरु ड्रप आउटको क्रम बढ्दो छ, गाउँपालिकाबाट नै छात्रावृतिको व्यवस्था गरेर उनीहरुलाई टिकाउने प्रयास गरेका हौं’, बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षत्रीले भने ।

साताअघि एक कार्यक्रम गर्दै गाउँपालिकाभित्रका झण्डै ४ सय विद्यार्थीहरुलाई छात्रावृति वितरण गरिएको हो । गाउँपालिकाका अध्यक्ष केदार क्षत्रीले विद्यार्थीहरुलाई जनही ३ हजारका दरले छात्रावृति रकम वितरण गरे । गाउँपालिकाभित्रका सवै विद्यालयका गरि ३ सय ७० विद्यार्थीलाई छात्रावृति प्रदान गरिएको बलेफी गाउँपालिका शिक्षा शाखाका प्रमुख गंगाप्रसाद पौडेलले बताए र्। यो रकमले उनीहरुका लागि पढाईमा भरथेग गर्नेछ’, पौडेलले भनेर्, बीचैमा विद्यालय छाड्ने दर पनि घट्ने विश्वास लिएका छौं ।’

गाउँपालिकाभित्रका सवै विद्यालयहरुबाट दलित विद्यार्थीको विवरण संकलन गरिएको थियो ।

गाउँपालिकाभित्र ४ सय ३ जना दलित समुदायका विद्यार्थी पहिचान भएपनि बाँकी ३३ जनालाई रकम प्रदान गर्न बाँकी रहेको उनले सुनाए ।

गाउँपालिकाले छात्रावृति वितरण कार्य सुरु गरेपछि विभिन्न विद्यालयबाट विद्यार्थी संख्या थप हुन आएको शिक्षा शाखाले जानकारी दिएको छ । गाउँपालिकाबाट नै दलित समुदायका विद्यार्थीका लागि छात्रावृति वितरणको सुरुवात गर्ने बलेफी गाउँपालिका पहिलो हो ।