भेरी नदीमा बस खस्योः ४ जनाको शव निकालियो, ९ जना घाइते

0
Shares

दिपेन्द्र शर्मा, सुर्खेत ।

बाँकेको नेपालगन्जबाट रुकुमको राडीबजारतर्फ जाँदै गरेको बस भेरी नदीमा बस खस्दा ४ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । बिहीबार साँझ जाजरकोटको भेरी नगरपालिका १ रिम्ना गाउँ नजिकै भे १ ख १३२९ नम्बरको बस भेरीमा नदीमा खसेको हो । हालसम्म ४ जनाको शव निकालेको सानोभेरी गाउँपालीका १ वडा अध्यक्ष विशाल पुनले जानकारी दिनुभयो ।

घाइतेमध्य ६ जनाको जिल्ला अस्पतालमा २ जनाको स्थानीय मेडीकलमा उपचार भैरहेको जाजरकोट प्रहरी प्रमुख (डिएसपी) रविन्द्र शिहले जानकारी दिनुभयो ।