राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भनेः सरकारले इतिहासमा कहिल्यै नभएको गतिमा काम गरेको छ (पूर्णपाठसहित)

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले एक वर्षमा इतिहासमा कहिल्यै नभएको गतिमा काम गरिरहेको दाबी गरेका छन् । बिहीबार दिउँसो देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नौ–नौ महिनामा सरकार फेरिने बानी नेपालीहरूमा परेको उल्लेख गर्दै अब सरकार नफेरिने दाबी गरे ।

‘सरकार बनेको तीन महिना चुप लाग्ने। अर्को तीन महिना खै त काम भन्ने अनि ९ महिनामा फाल्ने, सरकारले कामै गरेर एक वर्ष कटायो भन्दा अनौठो लाग्छ’, ओलीले भने, ‘अब सरकार फेरिँदैन। त्यसकारण बानी फेर्नुपर्छ।’प्रधानमन्त्री ओलीले आफ्नो सरकार बनेपछि बनेका कानुनहरुको फेहरिस्थ प्रस्तुत गरे ।

उनका अनुसार २५ कानून संघीय संसदबाट पारित भएको, ५ अध्यादेश जारी भएको, २३ विधेयक संघीय संसदमा प्रस्तुत भएको र २४ विधेयक संघीय संसदसमक्ष प्रस्तुत गर्न अन्तिम तयारी भइरहेको छ । ४७ नियमावली र ७ गठन आदेश जारी भएका छन् भने ३३ निर्देशिका, कार्यविधि र मापदण्ड जारी भएको सुनाए ।प्रधानमन्त्री ओलीले जनताको विकासको तिर्खाबारे आफू जानकार रहेको उल्लेख समेत गरे । हरेक ३ दिनमा एउटाका दरले तुईन विस्थापन भएको र आफूले सुरु गरेको अभियान अन्तिम चरणमा पुगेको उनले बताए ।

यस्तै नेपालीहरु कृषीतर्फ नेपालीहरु आकर्षित भएको भन्दै उनले भने, ‘धानको उत्पादन गत वर्ष भन्दा यस वर्षमा ८.९ प्रतिशतले बृद्धि भएको छ । मकैको उत्पादन ३.५ प्रतिशतले बृद्धि भएको छ । तरकारी उत्पादन १६।५ प्रतिशतले वृद्धि भएको छ ।’

प्रधानमन्त्रीले गरेको सम्बोधनको पूर्णपाठ

PM Speech on OneYearCompletionOfGovernment