७६ वर्षिया वृद्धा बलात्कारको आरोपमा युवक समातिए

0
Shares

नेपाल समाचारपत्र, भद्रपुर ।

मादक पदार्थ सेवन गरी ७६ वर्षिया वृद्धामाथि जबरजस्ती करणीको प्रयास गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका ५ का २३ वर्षिय कुमार लिम्बु रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । लिम्बुले मादक पदार्थ सेवन गरी सोही स्थानकी वृद्धालाई घरमा सुतिरहेको अवस्थामा जवरजस्ती करणी गर्न खोजेको आरोप छ ।

वृद्धालाइ घरमै करणीको प्रयास भएको उनका श्रीमानले देखेपछि तत्काल इलाका प्रहरी कार्यालय काकँडभिट्टालाई खबर गरेका थिए ।

श्रीमानले सीमा प्रहरी चौकी नकलबन्दामा उजुरी दिएपछि लिम्बुलाई बुधबार बेलुका पक्राउ गरिएको जिल्लाका डिएसपी महेन्द्र कुमार श्रेष्ठले बताए । लिम्बुलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय काकँडभिट्टामा राखेर थप अनुसंन्धान भइरहेको प्रहरीले जनाएको छ ।