कञ्चनपुरबाट १८ किलो सुन बरामद, चोरीको हुनसक्ने आंशका

0
Shares

मनोज भट्ट, महेन्द्रनगर।

कञ्चनपुरको पुनर्वास नगरपालिका–२ दशरथबस्तीबाट प्रहरीले अठार किलो सुन बरामद गरेको छ ।

विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र कैलालीका साथै अपराध महाशाखा र केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीकोे टोलिले उक्त परिमाणको सुन बरामद गरेको हो ।

बिहीबार बिहान खानतलासी गर्दा पुनर्वास–२ दशरथबस्ती स्थित शंकर बिकको घरवाट सुनका १०८ वटा सिक्का प्राप्त भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कुवेर कडायतले बताए । सुनसँगै दुई जनालाई पनि नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुको नाम भने खुलाएको छैन ।

बिकको घरबाट सुनका १०८ वटा सिक्का प्राप्त भएको र सो जोख्दा तौल १८ किलो भएको उनले बताए । त्यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

‘विशेष सुराकीका आधारमा लुकाएर राखेको सुन बरामद भएको हो। अहिले अनुसन्धान भइरहेको छ । केही समयमा थप कुरा बाहिर आउनेछ ।’ एसपी कडायतले बताए ।
बरामद गरिएको उक्त सुन चोरीको हुनसक्ने यसबारे अनुसन्धान गरिरहेका अधिकारीहरुले आशंका गरेका छन् ।