जन्ती बस दुर्घटनामा ५ घाइते

0
Shares

नुवाकोट, नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं ८ थापागाउँमा बिहेको जन्ती बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

जन्ती बोकेर काठमाडौँबाट समुद्रटारतर्फ जाँदै गरेको बा२ख २३८६ नंको बस दुर्घटना भएको नुवाकोट प्रहरी प्रमुख कृष्ण पल्ली मगरले बताउनुभयो ।

घाइतेलाई उपचारका लागि काठमाडाँै पठाउँदै गरिएको बताइएको छ ।

चालक फरार रहेको र घटनाको विवरण आउन बाँकी रहेको मगरले बताउनुभयो ।

रासस