झापामा प्रहरीको गोली लागेर पत्रकार घाइते

0
Shares

नेपाल समाचारपत्र, भद्रपुर ।
ड्युटीमा रहेका प्रहरीले बोकेको सर्टगनको छर्रा लागेर पत्रकार सुनिरा मैनाली घाइते भएकी छन् ।

गृहमन्त्री रामबहादुर थापा बुधबार झापा आउँदै गर्दा सडक गस्तीमा रहेका प्रहरी जवान लक्ष्मण शेर्पाले बोकेको सर्टगन अचानक पड्किएर लागेको छर्राले उनि घाइते भएकी हुन् ।

लक्ष्मीपुर चोकमा लगभग ३ सय मिटर टाढा रहेकी मैनालीलाई खुट्टामा गोलीको छर्रा लागेको थियो । छर्रा लागेपछि लडेकी मैनालीलाई बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ ।

शेर्पाले बोकेको सर्टगन सम्वेदनशिल रहेको र अलिक घाममा तात्ने बितिकै पड्किन सक्ने यसको बिशेषता रहेको प्रहरीले जानकारी दिएको छ । मैनालीको खुट्टाबाट गोलीको छर्रा निकाल्ने काम भइरहेको अस्पतालले जनाएको छ । शेर्पालाई बिर्तामोड प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।