वेवारिसे अबस्थाका एक भारती नागरीकलाई उद्धार

0
Shares

अर्जुन बोहरा हुम्ला ।
सदरमुकाम सिमकोट बजारको सडक पेटिमा बेवारिसे अबस्थामा बस्दै आएका एक जना भारती नागरीकको आज उद्धार गरिएको छ ।

भारतको श्रीमली सारजा घर बताउदै आएका श्री नबाब नाम गरेका एक जना भारीत नागरीकको हुम्ला बाट हुम्ला उद्योग बाणिज्य संघका उपाध्यक्ष राम बहादुर भण्डारीले उद्धार गरि नेपागञ्ज पठाएका छन ।

मानसिक सन्तुलन कम्जोर भएर विगत दुई वर्ष देखि सिमकोट बजारका सडक पेटिमा हिउँदको महिना माईनस १५ डिग्रीको चिसो रात कटाउदै आएका श्री नबावलाई भण्डारीले तीन हजार नगद सहित तारा एयरलाईन्समा टिकट काटेर नेपागञ्ज पठाएको हुम्ला उद्योग बाणिज्य संघ हुम्लाका उपाध्यक्ष भण्डारीले बताए ।

भारि हिमपात सँगै बढेको चिसामा दित विताउँदै आएका भारतिय नागरिक लाई बचाउनको लागि भन्दै हुम्ला उद्योग बांणिज्य संघका उपाध्यक्ष भण्डारीले बुधबार हवाई टिकट काटेर नेपागञ्जमा पठाएका हुन् ।

भण्डारीले व्यक्तिगत रुपमा हवाई टिकट देखि लिएर भारतको श्रीमुली सारजा सम्म पुग्ने खर्च समेत दिएर पठाएका छन । केहि बर्ष देखि सिमकोट बजारमा रहेका घर घरमा गएर मागि खादै, अर्काको लत्ता कपडा लगाउदै बजार चोक सडक गल्लीमा सुत्दै आएका थिए ।