पदोन्नती भएका ५ सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

गत माघ २५ गते बसेको मन्त्रीपरिषद्को निर्णय अनुसार उपरथी दर्जामा पदोन्नती भएका पाँच जना सहायक रथीहरुलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । उपरथीहरु बालकृष्ण कार्की, सरोज प्रताप राणा, अनन्त कार्की, सिताराम खड्का र ताराध्वज पाण्डेलाई जंगी अड्डामा आयोजित एक बिशेष कार्यक्रमका बीच प्रधानसेनापति पूर्णचन्द्र थापाले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको हो ।

पदोन्नती भएका उपरथी बालकृष्ण कार्कीलाई सूदुरपश्चिम पृतनापति, उपरथी सरोज प्रताप राणालाई उत्तरपश्चिम पृतनापति, उपरथी अनन्त कार्कीलाई कार्यरथी विभाग, उपरथी सिताराम खड्कालाई मध्यपश्चिम पृतनापति र उपरथी ताराध्वज पाण्डेलाई निरिक्षणाधिकृत कार्यालयको जिम्मेवारी दिईएको छ ।

उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।