हिरो गोल्डकपः इरानविरुद्ध नेपालको शानदार जित

0
Shares

फाइनल पुग्न भारत र म्यानमारको खेल कुर्नु पर्ने

भारतको ओडिसामा जारी हिरो महिला गोल्डकपमा नेपालले इरानमाथि ३–० को शानदार जित हात पारेको छ।नेपालको जितका लागि स्टार स्ट्राइकर सावित्रा भण्डारीले २ गोल गरिन्।

अनिता बस्नेतले एक गोल गरिन्। खेलको ४१ औं मिनेटमा अनिता बस्नेतले सुरुवाती गोल गर्दा खेलको ५९ औं मिनेटमा र ८९ औं मिनेटमा स्ट्राइकर सावित्राले लगातार दुई गोल गरेकी हुन्।

आजको जित नेपालको दोस्रो जित हो। यससँगै नेपालले ६ अंक बटुलेको छ। ३ खेलमा नेपालले एक खेल हारेको थियो। इरान भने तीनै खेलमा पराजितहुँदै प्रतियोगिताबाट बाहिरिएको छ।

आजै हुने अर्को खेलमा भारत र म्यानमारबीच प्रतिस्पर्धा हुनेछ। भारत म्यानमारसँग पराजित भएको खण्डमा अथवा बराबरी खेलेको खण्डमा नेपाल फाइनलमा पुग्नेछ।