कांग्रेस प्रदेश नेताद्वारा स्वास्थ्यचौकीलाई एम्बुलेन्स

0
Shares

हेटौंडा,(नेस) ।

नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवम् कांग्रेस मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले राईगाउँ स्वास्थ्यचौकीलाई एम्बुलेन्स र एम्बुलेन्स सञ्चालनका लागि ५० हजार रुपियाँ हस्तान्तरण गर्नुभएको छ । बानियाँण्ले पिताको स्मृतिमा एम्बुलेन्स सहयोग गनर्सभएको हो ।

एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा नेता बानियाँले मानवताको धर्म नै सेवा भएको र त्यसैको फलस्वरुप आफूले स्वास्थ्यसेवामा सकेको सहयोग गर्दै आएको बताउनुभयो । यसअघि नेता बानियाँले दाजु राजकुमार बानियाँको स्मृतिमा हेटौंडा–१८ को हर्नामाडी स्वास्थ्यचौकीलाई एम्बुलेन्स प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीनाले मकवानपुर पार्टी सभापति एवम् प्रदेश संसदीय दलका नेता बानियाँले एम्बुलेन्स दिएर उदाहरणीय काम गरेको भन्दै बानियाँलाई धन्यवाद दिनुभयो । नेतृ डीनाले कम्युनिष्टले पटक÷पटक जित हासिल गर्दा पनि फर्केर नहेर्ने तर अर्को क्षेत्रमा जितेर पनि उक्त क्षेत्रमा सहयोग गर्ने मन कांग्रेसको मात्र रहेको बताउनुभयो ।

बागमती–२, राईगाउँका वडा अध्यक्ष एवम् राईगाउँ स्वास्थ्यचौकी व्यबस्थापन समिति अध्यक्ष जगतबहादुर भ्लोनको सभाध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस जिल्ला सहसचिव रामबाबु बानियाँ, जिल्ला सदस्य शेरबहादुर तामाङ, चोकबहादुर ठाडामगर, महासमिति सदस्य दिनेश उपाध्याय, १ नम्बर क्षेत्रीय सभापति एवम् बकैया गाउँपालिका प्रमुख दामोदर खनाल, हेटौंडा नगर सभापति आनन्दराम पराजुली, महाधिवेशन प्रतिनिधि ईश्वर पण्डित, नेपाल महिला संघ जिल्ला अध्यक्ष लक्ष्मी श्रेष्ठलगायत जनप्रतिनिधि एवम् स्थानीयको उपस्थिति थियोे ।