बिपी उद्यानमा जुहारी

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।

वीरगन्ज महानगरपालिकाको स्वामित्वमा रहेको जग्गामा गिरिजा प्रसाद कोइराला फाउन्डेशन समुदघाटन कार्यक्रम नर्गन महानगरपालिकाले नेपाली कांग्रेस पर्सा र गिरजा प्रसाद कोईराला फाउन्डेशन छुटाछुटै पत्राचार गरेको छ ।

नगर प्रमुख विजय कुमार सरावगीले नेपाल कांग्रेस जिल्ला कार्यसमिति पर्साको नाउमा गर्नुभएको पत्राचारमा महानगरपालिकाको स्वामित्वमा रहेको जग्गामा पार्टीका र्शीर्षस्थ नेताहरुलाई समेत आमन्त्रण गरी समुदघाटन गर्ने कार्यक्रम तय गरिनुले नेताहरु समेतलाई विवादमा पार्ने गम्भिर्तालाइ दुष्टिगत गरी उक्त स्थानमा कुनैपनि कार्यक्रम नगर्न उल्लेख गरिएको छ ।यसैगरी महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा भिष्म कुमार भूसालले जी पि कोइराला फाउन्डेशन परिवार वीरगन्ज पर्सालाई पत्राचार गरि महानगरपालिकाको स्वीकृती कुनैपनि कार्यक्रम नगर्न अनुरोध गरेका छन्।

फाउन्डेशनका पर्सा जिल्ला संयोजक महम्मद साहबुद्धिनको नाउमा माघ २९ गते जारी भएको पत्राचारमा जी पी कोईराला फाउन्डेशन परिवार वीरगन्ज पर्साले फागुन ४ गते राखेको समुदघाटन कार्यक्रमको व्यहोरा निमन्त्रण कार्ड मार्फत अवगत भएको र उक्त भवन रहेको जग्गा साविक वी,म न पा १३ एवम हाल वडा नम्बर १०मा पर्ने कित्ता प्लट न ८१७ हाल कित्ता न १८ र कित्ता न ५३को जग्गा ०–१–० महानगरपालिकाको स्वामित्वमा रहेकोले महानगरपालिकाको स्वीकृती बेगर कुनैपनि प्रकारको उपयोग गर्ने अधिकार कुनै संघसंस्था एवम् व्यत्तिलाई नहुने व्यहोरा अवगत गराइएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्सालाई बोद्यार्थ समेत गरिएको उक्त पत्रमा सो कार्यक्रम आयोजना गरिएको सम्बन्धमा महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउदै उक्त जग्गामा कार्यक्रम नगर्नुहुन जारी गरिउको पत्रमा उल्लेख समेत गरिएको छ ।

यसअघि सोही स्थानमा माघ १६७ गते शहिद दिवसको दिन पारेर मधेशवाद दलहरुले मधेशी शहिद पार्क बनाउने भन्दै शिलान्यास मुख्यमन्त्री लालबावु राउतबाटै गराएका छन् । बिपी उद्यानका बिषयमा केन्द्रीय काँग्रेसले समेत पत्रकार सम्मेलन गरेर आन्दोलन गर्ने जनाएको छ । यो बिषयमा वीरगन्जमा फेरि विवाद हुने देखिएको छ ।