नियन्त्रित लागूऔषध सहित पक्राउ

0
Shares

पर्सा,
बिरगंज महानगरपालिका(२५ खलवा टोलबाट नियन्त्रित लागूऔषध फेनारगन ५ सय एम्पुल, डाईजोपाम ५ सय एम्पुल र नाईट्रोभेट ५ सय एम्पुल सहित सोही महानगरपालिका(२३ सबैठवा बस्ने २१ वर्षीय सादिर मियाँलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी सिर्सियाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना.८ प ५१५१ नम्नरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार मियाँलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।