मेयरको प्रश्न, विद्यार्थीको उत्तर

0
Shares

मोतीराम तिमल्सिना
काभ्रे,
चण्डेश्वरी माध्यमिक विद्यालय बनेपा ४ नालाको ७१ औ बार्षिकोत्सव, सरस्वती पूजा, अभिभावक दिवस तथा कक्षा १२ उतीर्ण विद्यार्थीहरुको विदाई र विज्ञान प्रदर्शनी आयोजना कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिं बादेले सोधेका प्रश्नमा विद्यार्थीहरुले उत्तर दिएका छन् ।

कक्षा ८, ९ र १० का विद्यार्थीहरुले पुस्तकमा अध्ययन गरेका विज्ञानका विषयबस्तुलाई ब्यवहारमै उतार्ने गरी विद्यालयमा दुई दिने विज्ञान प्रदर्शनी आयोजना गरिएको थियो । प्रर्दशनीमा जडिबुटी सम्वन्धी स्टल राखेका कक्षा ९ मा अध्ययनरत करुणा घिमीरे र निशा तामाङले बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिं बादेलाई प्रदर्शनीमा सोधिएका प्रश्नको सटिक जवाफ दिएका थिए ।

‘यो जडिबुटीहरु कसरी प्रयोगग गर्ने, प्रयोग गर्दा के फाईदा हुन्छ ?’–नगर प्रमुख बादेले भने–‘सुन्तलाको बोक्रा सुकाएर खाँदा के हुन्छ ?’–विद्यार्थी करुणाले भनिन–‘सुन्तलाको बोक्राले पेट सफा गर्ने र पखाला लाग्दा खायो भने कम हुन्छ ।’ कालिमुन्टे, बोझो, असुरो, अविजालो, निमकाठ, कुरिलो, सुन्तलाको बोक्रा, तुलसिको पात, सयपत्रिको फुल, अलैैची, दालचिनी, सुकुमेल, जाईफल लगायतका बस्तुहरुले ब्यक्तिको शरिरमा फाईदा पु¥याउने भएकाले मात्रा अनुसार दिनहुँ प्रयोग गर्न सुझाव दिएका थिए ।

नगर प्रमुख बादेले विद्यार्थीहरुले यो विषयमा कसरी जानकारी प्राप्त गरेको जिज्ञासा राखेका थिए । ‘हामीले सबै कुरा अध्ययन ग¥यौं तर ब्यवहारमा अहिले प्रदर्शनी मार्फत अभिभावक र सरोकारवालाहरुलाई देखाउने जमर्काे गरेका हौं ।’ प्रदर्शनीमा विद्यार्थीहरुका ३१ वटा स्टलहरु राखिएका थिए । प्रदर्शनीमा प्रदेश सभा सदस्य बसुन्धरा हुमागाई, बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिं बादे, वडा अध्यक्षहरु शयाम श्रेष्ठ, कृष्णप्रसाद दाहाल, हरिशरण घिमीरे, विभिन्न विद्यालयका शिक्षकहरु, विद्यार्थीहरु, अभिभावकहरुको सहभागिता रहेको थियो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष श्याम श्रेष्ठको अध्यक्षतामा सम्पन्न ७१ औ बार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य बसुन्धरा हुमागाईले मुलुकको विकास र सम्वृद्धीका लागि विद्यार्थीहरुलाई ब्यवहारीक शिक्षा आवश्यक भएको बताए । सामुदायिक विद्यालयहरुको गुणस्तर बृद्धीका लागि अभिभावक र शिक्षकहरु दु्बैले ध्यान दिनु पर्ने सांसद हुमागाईले बताए । कार्यक्रममा नगरपालिका प्रमुख लक्ष्मीनरसिं बादे श्रेष्ठले नगरको शिक्षा नीति अनुसार सामुदायिक विद्यालयहरुको गुणस्तर अभिबृद्धी गर्दै विद्यार्थीहरुको शैक्षिक अभ्यासलाई अझै बढाउन नगरपालिकाले सहयोग गर्ने बताएका थिए । अध्ययन गरेको विषयलाई ब्यवहारमै उतार्न विद्यार्थीहरुको प्रदर्शनीले हौसला मिल्ने नगर प्रमुख बादेले बताए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार बर्जाचार्यले विद्यालयको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कक्षा १२ उर्तिण विद्यार्थीहरुलाई सोहि अवसरमा विदाई गरिएको थियो ।