हत्कडीसहित फरार भएका कैदीलाई गोली हानेर समातियो

0
Shares

नेपाल समाचारपत्र, कैलाली ।
कैलाली जिल्ला अदालत परिसरबाट हत्कडीसहित फरार भएका दिल्प दमाईलाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ । बलात्कार अभियोगमा गत सोमबार पक्राउ परेका लम्कीचुहा नगरपालिकाका २३ वर्षका दमाईलाई म्याद थपका लागि जिल्ला अदालत ल्याइएको बेला हत्कडीसहित फरार थिए ।
उनलाई धनगढी उपमहानगरपालिका ७ मा पर्ने बेली जंगलमा गोली हानेर प्रहरीले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

दमाईको खुट्टामा गोली लागेको र उनलाई उपचारका लागि सेती अञ्चल अस्पतालमा भर्ना गरिएको बताइएको छ ।