मोतीराम तिमल्सिना, काभ्रे । काठमाडौ विश्वविद्यालयको अटोमोवाईल्स विभागमा अध्ययनरत विद्यार्थीहरुले गाडी बनाएका छन् । उक्त गाडी मलेसियामा हुने सेल ईको म्याराथुन एसिया २०१९ मा प्रर्दशन हुने छ ।
‘अन्र्तराष्ट्रिय स्तरमा नेपालमा तयार भएको गाडी प्रर्दशन गर्ने अवसर प्राप्त भएको छ’– मेकानिकल इन्जिनियर विजेन्द्र श्रेष्ठले भने–‘विद्यार्थीहरुले तयार गरेको गाडीलाई अन्र्तराष्ट्रिय स्तरमा देखाउन पाउनु नेपाल र नेपालीका लागि गौरवको विषय हो ।’ ‘विद्यार्थीहरुले अध्ययन मात्रै गर्दैनन, अध्ययन गरेको विषयलाई ब्यवहारमै उतार्न सक्छन’–अटोमोबाईल मेकानिकल विषयको चौथो वर्षमा अध्ययनरत जुनकिरी टिमका संयोजक विद्यार्थी सागर थापाले भने । दशै अघि देखि शुरु गरिएको गाडी तयार गरी मलेसियामा हुने अन्र्तराष्ट्रिय स्तरको सम्मेलनका लागि आवेदन दिएको उनले बताए ।

विद्यार्थीहरुको तयारीलाई विश्वविद्यालयको अटोमोवाईल्स विभागले सहयोग पु¥याएको प्रोफेसर डा. डेनियल तुलाधारले बताए । २०१६ देखि शुरु भएको अभियानमा काठमाडौ विश्वविद्यालय सफल नभए पनि २०१८÷२०१९ मा प्रस्ताव पेश गरी २०१८ अप्रिल २९ मा हुने अन्तराष्ट्रिय सम्मेलनमा सहभागि हुने अवसर प्राप्त गरेको तुलाधरले बताए । विदेशबाट मात्रै गाडीहरु ल्याउने होईन नेपालमै त्यसको उत्पादन गर्न सम्भव छ भन्ने सन्देश दिन र त्यसलाई ब्यवहारमा उर्तान विद्यार्थीहरुले सहयोग पु¥याउन सक्ने टिमका संयोजक थापाले बताए । ‘हामीसँग रकम छैन, तर सिप र ज्ञान छ’–उनले भने–‘हाम्रो सिप र ज्ञानलाई उद्यमसँग जोडेर नेपाललाई आत्मनिर्भर बनाउन यो जग हुनेछ ।’
नेपालले लिएको सुखी नेपाली र सम्वृद्ध नेपालको अभियानलाई यसले सहयोग पु¥याउने विश्वविद्यालयका अन्र्तराष्ट्रिय सम्वन्धका प्रमुख एवं प्राध्यापक भिमप्रसाद श्रेष्ठले बताए । विश्वविद्यालयका विद्यार्थीहरुको टोली मलेसिया गई विश्वविद्यालयमा अध्ययन गरेर तयार गरेको गाडीको प्रर्दशन गरी फर्कनेछ । ‘त्यो प्रतिस्पर्धा हो, प्रतिस्पर्धामा हामी उत्कृष्ट भएर फर्कनेर्छाै र त्यहाँ दिएको सुझावका आधारमा गाडीलाई अझै सुधारेर तयार गर्ने र्छाै’–टिम लिडर थापाले बताए ।











प्रतिक्रिया