अबैध कारोबारमा संलग्न ३ जना प्रहरी नियन्त्रणमा

0
Shares

सीताराम चौधरी, कपिलवस्तु ।

कपिलवस्तु प्रहरीले जिल्लाका विभिन्न स्थानबाट करीब ७० हजार मूल्य बराबरको भन्सार छलीका अबैध सामान बरामद गरेको छ ।

जिल्लाको कृष्णनगर नाकाबाट ४४ हजार र यशोधरा गाउँपालिकाबाट २६ हजार रकम बराबरको सामान बरामद गरेको हो । साथै अबैध सामान ओसारपसारमा संलग्न तीन जनालाई समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अच्युत्तम प्रसाद पुडासैनीले जानकारी दिनुभयो । बरामद गरिएका सामानमा इँट्टा बनाउने साँचो, मोटरसाइकलका पार्टपूर्जा तथा लागूऔषध ट्याबलेट रहेका छन् ।

लु ४४ प ३३५ नम्बरको मोटरसाइकलमा लोड गरी भारतबाट ल्याउँदै गर्दा प्रहरीले यशोधरा गाउँपालिका ७, बण्डाबाट ५२ थान इँट्टा बनाउने साँचो बरामद गरेको छ । साथै प्रहरीले मोटरसाइकल र अबैध रुपमा सामान ओसार गर्ने बुद्धभूमि नपा १० का १७वर्षीय सञ्जय गुप्ता र सोही ठाउँका १८वर्षीय सुरेश गुप्तालाई पक्राउ गरेको जनाएको छ । नियन्त्रणमा लिइएका सामान आवश्यक कारवाहीका लागि सुठौली भन्सार कार्यालय बठाइएको सूचना संप्रेषण तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक रबि रावलले जानकारी दिनुभयो ।

यता इलाका प्रहरी कार्यालय कृष्णनगरको गस्ती टोलीले ४० हजार बराबरको मोटरसाइकल पार्टपूर्जा बरामद गरेको छ । टोलीले कृष्णनगर ५, डबराबाट सामान बरामद गरेको हो । प्रहरी टोलीलाई देखेर सामान छाडी भागेपछि प्रहरीले बेवारिसे अवस्थाबाट सामान बरामद गरिएको प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीले बताउनुभयो । बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि कृष्णनगर भन्सार चलान गरिएको प्रहरी निरीक्षक बोगटीले जनाउनुभयो ।

यसैबीच गस्तीका क्रममा कृष्णनगर प्रहरीले करीब ४ हजार मूल्य बराबरको प्रतिबन्धित ट्याब्लेटसहित एकजनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले निट्राभेट–१० (ल्क्ष्त्च्ब्ख्भ्त्(ज्ञण्) र एसपीएम–पीआरएक्स (क्एः(एच्ह्ं) नामक लागू औषधमा पर्ने ट्याब्लेट बरामद गरेको हो ।

सोमबार राति करीब ८ बजेको समयमा भारतबाट नेपालतर्फ आउँदै गरेको पैदलयात्रीलाई शंका लागि खानतलासी गर्दा निट्राभेट–१० २८५ ट्याब्लेट र एसपीएम–पीआरएक्स (क्एः(एच्ह्ं) नामको ७७ ट्याब्लेट बरामद गरेको प्रहरी निरीक्षक बोगटीले जानकारी दिनुभयो । जिल्ला कपिलबस्तु बाणगंगा नगरपालिका ७, घेरवा बनगाईका १९ वर्षीय सन्तराम थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । थारुलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरी निरीक्षक बोगटीले बताउनुभयो ।