प्रहरीले लखेटेपछि एक युवक बेपत्ता

0
Shares

कालीवहादुर मल्ल, कालिकोट ।
खाँडाचक्र नपा– १ निवासी २९ वर्षीय सुमन शाहीलाई प्रहरीले लखेटेपछि मंगलबार बेपत्ता भएको पीडित परिवारले आरोप लगाएका छन् । कालिकोट जिल्लाको स्थानीय हाटबजार जित बजारमा गाडी स्टाफ र बजारका युवाहरुबीच विवाद भएपछि प्रहरीले झडप नियन्त्रण गर्न खोज्दा युवकले कर्णाली नदिमा हाम फालेको हुनसक्ने जिल्ला प्रहरी कार्यलय कालिकोटले जनाएको छ ।

विवादमा संलग्न रहेको भन्दै खाँडाचक्र नपा–२ का जिवस मल्ल र सोही नपा– १ का शेरबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी विनोद शर्माले जानकारी दिए ।

उनका अनुसार, केटाहरुबीच झडप भइरहेको जानकारी प्राप्त भएपछि प्रहरी टोलीलाई त्यस ठाउँमा पठाएर झडप नियन्त्रण गर्न खोज्दा कर्णाली नदीमा हाम फालेको हुन सक्ने आशंका गरिएको छ ।

बेपत्ताका परिवारले प्रहरीले लखेट्न खोज्दा भाग्ने क्रममा भिरबाट लडेर कर्णाली नदीमा खसेर डुबेको हुन सक्ने आंशंका गरेको छ । बेपत्ता शाहीको टोपी र मफलर भिरमा अड्किएको छ । बेपत्ता शाहीको लास खोजी भइरहेको प्रहरीले जनाएको छ ।